धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता : मुख्यमन्त्री थापा

काठमाडौं, कात्तिक २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपालीहरूको महान् चाड विजयादशमीअन्तर्गत मोहनी नखःको पावन अवसरमा लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। मुख्यमन्त्री थापाले भन्नुभयो, “ धर्म,कला,सस्कार,सस्कृती र परम्पराको जिवन्तता नै आजको आवस्यकता हो हाम्रो देशको पहिचान हो हाम्रो चिनारीहरु हाम्रा अमुल्य निधिहरुको उचित संरक्षण सम्बर्द्वन र पुस्तान्तरणको लागी उचित निती तथा कार्यक्रमहरु बाग्मती प्रदेश सरकारले सन्चालन गर्ने कुरामा सबैसग प्रतिबद्वता जनाउदै आज द लायन्स अफ नखेलको पहलमा नखेल सास्कृतीक परिवारद्वारा आयोजीत नेपालीहरुको महान चाड बिजयादशमी(मोहनी नख:) को पावन अवशरमा आयोजित नंखेल सास्कृतीक बाजा नाच २०८३ को अबशरमा आयोजित कार्यक्रममा सहभागी हुने महत्वपुर्ण कार्यक्रममा सहभागी हुने मौका दिनुभएकोमा सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु।” उहाँले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु देशको पहिचान जोगाउनु पनि भएको उल्लेख गर्दै यस्ता सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री थापाले सांस्कृतिक कार्यक्रमले नेपाली मौलिक परम्परा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले मौलिक संस्कृतिको निरन्तरता र सामाजिक एकता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा राख्नुभयो।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

काठमाडौंमा न्यून चलेका छन् सवारी तर सुनसान छैन (भिडियोसहित)
यस वर्ष पनि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको छ। ट्राफिक प्रहरीका अनुसार अष्ठमीको दिनसम्म पाँच लाख ४१ हजार ३२६ जनाले काठमाडौँ छाडेका छन् । ...

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ ...




