दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा

हिन्दुहरुको महान पर्व वडादशैं सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । भारतमा रोजगारी गर्दै आएका नेपाली दशैंका लागि स्वदेश फर्किएपनि दशैं सकिए लगत्तै फेरी भारत जान थालेका हुन् । भारतसँग जोडिएको सुदूरपश्चिमको प्रमुख नाका गौरिफण्टाबाट पछिल्लो तीन दिनयता दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारत जाने गरेको प्रहरीको भनाइ छ । ‘भारत जाने नेपालीको यकीन तथ्यांक राख्ने गरिएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक(डिएसपी) योगेन्द्र तिमिल्सिनाले भने, ‘तर दशैंको दोस्रो दिनदेखि नै भारत जाने नपालीको चाप धेरै बढेको छ, दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारततर्फ गइरहेका छन् ।’ भारतमा काम गर्दै आएका नेपाली छुट्टीमा दशंै मनाउन आउने गरेको र लगत्तै भारत फर्कनुपर्ने बाध्यता रहेको डिएसपी तिमिल्सिना बताउँछन् । सोमबार गौरिफण्टा नाका हुँदै भारत जाँदै गरेका बझाङका डम्बर बहादुर बोहराले भारतमै रोजगारी भएकाले दशंैलगत्तै भारत जानुपरेको वाध्यता सुनाए । ‘दशैं मनाउन नेपाल आएको हुँ,’ बोहराले भने, ‘दशैं सकियो अव फेरी भारत फर्कन थालेको हुँ ।’ आफु परिवारसहित भारत जान लागेको उनले बताए । ‘म मात्र होइन परिवारसहित भारत जान थालेका छौं,’ उनले भने, ‘अव तिहार उतै मनाउने छौं ।’ सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको प्रमुख रोजगारीको गन्तव्य भारत हुने गरेको छ । दशंै–तिहार जस्ता प्रमुख चाड मनाउन भारतबाट घर फर्केपनि यहाँका नागरिक पुनः भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । ...

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?
रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के छ त ? ...



