दशैंमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए । दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् । उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल सङ्लग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन् । गत वर्ष दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजारबढी चालकमाथि कारबाही दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन् । यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो । देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो । अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो । दसैँपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राज्यको अभिभावकत्व र विश्वासले नयाँ ऊर्जा थपेको छ : पारस खड्का
९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा उपस्थित प्रधानमन्त्री बालेन्द्र शाह, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को भव्य उद्घाटनपछि खड्काले नेपाली क्रिकेटप्रति राज्यले देखाएको अभिभावकत्व र विश्वासले… ...

आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य
९ कात्तिक, काठमाडौं । चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले तथा हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो। अक्टोबर १७ देखि २६ सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वभरबाट ३८ राष्ट्रको… ...

नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन
बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो । ...

सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा
सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तिय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा संचालनमा ल्याएको छ जस अन्तर्गत गाह्रकहरुले आफ्नो सेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सकिनेछ । यस सेवा अन्तर्गत ग्राहकहरुद्धारा बैंकको मोबाइल बैंकिङ एप (BankSmart XP >Easy Loan> Loan Services>Loan Against Share) मार्फत सेयर धितो कर्जाका लागि सजिलै ...


