दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
horizontal HDताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए । शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको संख्या एक हजार ९५४ ले घटेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । शनिबार चार हजार ३०७ जना भक्तजनले पाथीभराको दर्शन गरेको थियो । पाथीभरा दर्शन गर्ने भक्तजनको उक्त सङ्ख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । पाथीभरा पुग्नका लागी यातायातका साधनमार्फ काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट पाँच किलो मिटर पदमार्ग प्रयोग गरेरका धाम सम्म पुग्न सकिन्छ । पाँच किलो मिटर उकालो बाटो भएकाले हिड्न नसक्नेहरुको लागि तिर्थयात्री सहयोगीहरुको समेत व्यवस्था छ । सहयोगीहरुले काफ्लेपाटी देखि धाम सम्म धाम देखि काफ्ले पाटी सम्म बोगेर पुर्याउने गर्दछन् । प्रति किलो २०० रुपैयाँ सेवा गरेवापतको शुल्क लिने गर्दछन् । समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ । दशैं तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन हो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
गैरआवासीय नेपाली संघ(एनआरएनए)क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरताका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। विदेशमा बसोबास गर्दैमा नेपालीले आफ्नो देशप्रतिको माया, जिम्मेवारी र सम्बन्ध नत्याग्ने उल्लेख गर्दै उनले वंशजको नागरिकता निरन्तरताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा काफ्लेले विदेशमा रहेका नेपालीले शिक्षा, रोजगारी, तालिम तथा अन्य अवसरको खोजीमा देश छाड्नुपरेको ...

सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता
८ कात्तिक, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।… ...

लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने
ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् । उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार ...

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला
८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा… ...


