दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन

हिन्दुहरुको महान पर्व बडादशैँ सकिएको चार दिन पुग्दासम्म जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखविहीन छन् । हुम्लाका स्थानीय तह, संघ र प्रदेश मातहतका कार्यालय प्रमुख दशैँ मनाउन घर गएपनि हालसम्म जिल्ला बाहिर बसेका छन् । उनीहरु दशैँ बिदामा गएपनि कार्यालयमा उपस्थित नसकेपछि निमित्तका भरमा दैनिक कार्य सञ्चालन हुँदै आएको छ । दशैंको अवसरमा सरकारले दिएको लामो बिदापछि सोमबारबाट कार्यालय खुले पनि यहाँका अधिकांस कार्यालय प्रमुखको उपस्थित हुन सकेको छैन् । जिल्लास्थित कार्यालय प्रमुख मात्रै नभएर यहाँका कार्यालयहरूमा कर्मचारीको सङ्ख्या पनि कम देखिएपछि सेवाग्राहीहरूको उपस्थिति समेत फाटफुट मात्र रहेको पाइन्छ । दशैँ बिदा सकिएपनि हालसम्म कार्यालयमा उपस्थित हुन नसक्ने कार्यालय प्रमुखहरुमा भूमि प्रशासन, जिल्ला हुलाक कार्यालय, नापी कार्यालय, रास्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ, सामाजिक विकास, पशु सेवा तथा पशु अस्पताल, प्रदेश लेखा इकाई, कोष तथा लेखा नियन्त्रण, निर्वाचन, कृषि विकास, उद्योग तथा उपभोक्ता हित संरक्षण, शिक्षा विकास तथा समन्वय इकाई, खानेपानी सिचाइ तथा उर्जा विकास विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, डिभिजन वन कार्यालय, आयुवेर्द कार्यालय, पूर्वाधार विकास, नेपाल विद्युत प्राधिकरण हुम्ला लगायतका कार्यालय प्रमुख दशैँ बिदामा रहेर कार्यालयमा उपस्थित हुन नसकेका हुन् । डिभिजन वन कार्यालय, आयुर्वेद कार्यालयका प्रमुखले मात्रै आफुलाई जानकारी गराएको अन्य कार्यालयका प्रमुखसँग जानकारी नभएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिए । सरकारी कार्यालयका कर्मचारीले जिल्ला बाहिर कार्यालयको कामको सिलसिला वा घरबिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको जानकारी लिनुपर्ने व्यवस्था छ । तर, यहाँका अधिकांस कार्यालय प्रमुखहरुले कार्यालय समयमा कार्यालयमा नबस्ने पुरानै परम्परा रहेको छ । हुम्लाका अधिकांस सरकारी कार्यालयमा कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा काम सञ्चालन हुँदै आएको छ । दशैँ बिदामा मात्रै नभएर जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखहरु हिउँदयाममा जिल्ला बाहिर रहँदै आएका छन् । हिउँदमा चिसोको बाहनामा जिल्ला बाहिर रहदा विकासे कामकाजका कार्यालयका विभिन्न कार्यसम्पादन पनि प्रभावित हुँदै आउने गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कोशीमा १३ भाषाले पाउँदैछन् सरकारी मान्यता, कात्तिक २५ देखि ऐन लागू
कोशी प्रदेशमा नेपाली भाषासँगै थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। प्रदेश सरकारले उक्त दिनलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउने र सरकारी कार्यालयमा दीपावली गर्ने निर्णय गरेको छ। १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउन लागिएको हो। शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक ...

२४ घण्टे ‘स्टार्टअप ह्याकाथन’ आयोजना हुँदै
ह्याकाथनले प्रतिभाशाली उद्यमी पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानी सम्भावनासँग जोड्ने कार्य व्यवस्थित बनाउने बताइएको छ । ...

पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा
आजै नेपालप्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर लगेको छ भने पत्रकार नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालय पुगेको छ । ...

‘पत्रकार पक्राउ गर्नु गैरसंवैधानिक’
वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वअध्यक्ष मैनालीले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् । ...


