दशैँको शुभकामना

दशैँ आयो, खुशी छायो, हरेक नेपालीको घरमासुख र शान्ति फुलिरहोस्, देशका कुना–कुनामा ।रातो टीका, पहेँलो जमरा, मायाको उपहारसबै नेपालीको जीवनमा छाओस् खुशीको बहार । विदेशिन नपरोस् कोही पनि रोजगारीको खोजीमारोजगारका फूलहरू फुलून् आफ्नै देशको माटोमाउद्योगधन्दा, कलकारखाना नेपालमै खुल्दै जाऊन्युवाका सपना आफ्नै देशमा सफल हुँदै जाऊन् । आफ्नै अस्पतालमा उपचार, आफ्नै विद्यालयमा शिक्षाआफ्नै कलेजमा पढ्न पाऊन्, पूरा होऊन् सबैका इच्छा ।धनको अभावमा कसैले अवसर गुमाउन नपरोस्गरिबीका कारण कसैको सुन्दर भविष्य नरोकिनोस् । हरेक घरमा धनलक्ष्मीको बास होस्किसान, मजदुर, व्यापारी सबै बनून् सुखी ।कृषि, पर्यटन र उद्योगले देशको मुहार फेरियोस्नेपाल आत्मनिर्भर बनोस्, समृद्धिको घाम उदाओस् । दुर्गा भवानीको कृपा रहोस्, सबैको रक्षा होस्जात, भाषा, धर्मभन्दा माथि प्रेम र सद्भावको भावना होस् ।भ्रष्टाचार हटोस् देशबाट, न्याय र इमानको जित होस्हरेक नेपालीको मुहारमा सधैँ खुशीको चमक होस् । दशैँले ल्याओस् नयाँ आशा, नयाँ सोच र नयाँ उमंगदेश बनाउने संकल्प बोकी अघि बढौँ हामी सँगसँगै ।विदेशमा होइन, आफ्नै देशमा भविष्य सजाउन पाइयोस्सुखी नेपाली, समृद्ध नेपाल–यही सपना साकार होस् ।सम्पूर्ण नेपालीमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना !
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...


