Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने–आउने र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि भुरुङ्ग–तातोपानी आकर्षक गन्तव्य बनेको हो । यहाँको प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राको थकान मेटिने अनुभव पर्यटकले सुनाउने गरेका छन् । काठमाडौँका विमलेश शाक्यले तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम भएको अनुभव सुनाए । “यात्राको थकान र मुस्ताङको चिसो तातोपानीमा नुहाएपछि मेटियो,” उनले भने “थकित शरीरमा तातोपानीमा स्नान गरेपछि स्फूर्ति आयो ।” तातोपानीमा स्नान गर्नेले शरीरको थकान कम भएको र दुखाइबाट राहत मिलेको अनुभव सुनाउँछन् । चिसो ठाउँबाट आएका पर्यटकले तातोपानीमा स्नान गरेपछि न्यानो महसुस गर्छन् । कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानी संकलन गरेर पोखरी र धारामा वितरण गरिएको छ । पर्यटकीय याम सुरु भएसँगै यहाँ स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । कुण्डका कर्मचारी प्रितम पुर्जाका अनुसार केही दिनयता पर्यटकको चहलपहल बढेसँगै स्नान गर्न आउनेको सङ्ख्या पनि बढेको छ । “हिजोआज दैनिक दुईदेखि ३०० जनाले स्नान गर्छन्,” उनले भने, “पर्यटक आगमन दैनिक रूपमा बढ्दो छ ।” बेनी–जोमसोम सडकको छेउमा तातोपानी संकलन गरिएका दुई वटा पोखरी र धारा छन् । पर्यटकले आफूलाई उपयुक्त हुने ठाउँमा स्नान गर्न सक्छन् । कुण्डमा बिहान ६:०० देखि राति १०:०० बजेसम्म स्नान गर्न पाइन्छ । गाउँपालिकाले स्नान गर्न आउने नेपालीका लागि रु ५० र विदेशीका लागि रु १५० प्रवेश शुल्क तोकिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३–८४ मा भुरुङ्ग–तातोपानी कुण्ड सञ्चालनका लागि दुई महिनाको ठेक्का आह्वान गरेको छ । प्रवेश शुल्क संकलन र होटल सञ्चालन गर्ने गरी न्यूनतम रु नौ लाख ५० हजार मूल्य राखेर ठेक्का आह्वान गरिएको हो । प्रस्ताव पेस गर्ने म्याद सोमबारसम्म तोकिएको थियो । कुण्डमा पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले दुई महिनाका लागि मात्र ठेक्का आह्वान गरिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२–८३ मा करबाहेक रु ५० लाख एक हजारमा कुण्ड सञ्चालनको ठेक्का लागेको थियो । आर्थिक वर्ष २०८१–८२ मा रु ५६ लाख २५ हजार ३७७ र २०८०–८१ मा रु ५५ लाख ९०० मा ठेक्का लागेको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार तातोपानी कुण्डबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा परिचालन हुँदै आएको छ । तातोपानीस्थित सर्वोदय माध्यमिक विद्यालय र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनमा सहयोग गरिएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण तथा संरक्षणमा पनि रकम खर्च गरिँदै आएको अध्यक्ष पुनले बताए । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणका काम हुँदै आएका छन् । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ मा पाउद्वार तातोपानी कुण्ड रहेको छ । उक्त कुण्ड सञ्चालनका लागि यस वर्ष रु ५० लाख १० हजारमा ठेक्का सम्झौता भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले भुरुङ्ग र पाउद्वारका तातोपानी कुण्डमा असर गरेको छैन । तर, गाउँपालिका–६ मा पर्ने रातोपानीस्थित तातोपानी कुण्ड भने बाढीले बगरमा परिणत गरेको छ । गाउँपालिका–१ मा रहेको सेकार्कु तातोपानी कुण्ड सञ्चालनका लागि भने यस वर्ष कुनै प्रस्ताव परेको छैन । भुरुङ्ग–तातोपानी बजारमा पर्यटकको आवास सुविधाका लागि करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । यहाँ एकै दिनमा ५०० भन्दा बढी पर्यटकलाई बास बसाउन सकिने क्षमता रहेको व्यवसायीले बताएका छन् । व्यवसायी राजु हमालका अनुसार केही दिनयता होटल भरिभराउ हुन थालेका छन् । यस वर्ष भुरुङ्ग–तातोपानीमा बास बस्ने पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किनेहरू रहेको उनले बताए । देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटक भुरुङ्ग–तातोपानीमा बास बस्छन् । त्यसपछि जिप चढेर अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हुमखोलासम्म पुग्छन् र त्यहाँबाट पदयात्रा सुरु गर्छन् । भुरुङ्ग–तातोपानी कुण्ड मुस्ताङ यात्रा गर्ने, पदयात्रामा जाने र फर्किने पर्यटकका लागि विश्रामस्थलका साथै स्थानीय पर्यटन व्यवसायको आधार बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
ताजा खबरJust now

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया । आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका-३ सेन्द्राका राजेन्द्र थारू रहेका छन् । प्रहरीकाअनुसार राजेन्द्रले आफ्ना ५० वर्षीय बुबा कालु राम थारूलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका ...

हिमालय टाइम्स
टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा
ताजा खबरJust now

टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा

प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), कात्तिक ९ गते । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन टिकुलियाघाट पुलको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएपछि पूल न... ...

गोरखापत्र
अर्घाखाँचीको मौलिक पहिचान सराये नाच
ताजा खबरJust now

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक... ...

रातोपाटी
एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की
ताजा खबरJust now

एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याओस् भन्ने कामना गरेकी छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सोमबार सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै कार्कीले एनपीएल युवाहरूको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको पनि बताएकी छन्।  ‘नेपाली क्रिकेटप्रतिको जनउ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play