तीन महिनामा ६ खर्ब ४६ अर्बको आयात, ३४.७१ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा कुल वैदेशिक व्यापार, आयात र निर्यात दुवैमा वृद्धि भएको छ । यस अवधिमा मुलुकले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशत बढी हो । गत आव असोजसम्ममा ४ खर्ब ६८ अर्ब ८ करोड हाराहारीमा आयात भएको थियो । यस्तै, मुलुकबाट १ खर्ब १४ अर्ब २८ करोड बढिको निर्यात भएको छ । यो गत आवको ३ महिनाको तुलनामा ५७.०३ प्रतिशत बढी हो । गत वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको थियो । यसअनुरुप गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड नाघेको भन्सार विभागको बुधबार (कात्तिक ११) सार्वजनिक तथ्यांकमा उल्लेख छ । व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्यो निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको आकार ठूलो भएकाले कुल व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा थियो । यद्यपि, विभागको तथ्यांकअनुसार निर्यातमा आएको सुधारका कारण आयात–निर्यात अनुपात घट्न पुगेको छ । गत वर्ष १ रुपैयाँको निर्यात गर्दा ६.४३ रुपैयाँको आयात हुने गरेकोमा चालु वर्षमा यो अनुपात १२ प्रतिशतले घटेर ५.६६ मा झरेको देखिन्छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको १३.४६ प्रतिशतबाट ११.५९ प्रतिशतले बढेर १५.०२ प्रतिशत पुगेको छ । आयातको हिस्सा भने गत वर्षको ८६.५४ प्रतिशतबाट १.८० प्रतिशतले घटेर ८४.९८ प्रतिशतमा सीमित भएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बिजुली मर्मतका लागि राखिएको भर्याङ चढेर कैदी भागेपछि...
पाेखरा । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ । गत असोज ३१ गते राति २ः०० बजेतिर... ...

चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी
काठमाडाैँ । दसैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् । श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि ...

स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या ६८ पुग्यो
म्याड्रिडबाट दक्षिणमा भएको दुर्घटनामा रेलका डिब्बा भिरालो भागमा खसेपछि यात्रुहरूले भयावह दृश्य भोगेका छन्। ...

नक्साविहीन घरमा ५० शैयाको अस्पताल
२०७० सालको कुरा हो। मोरङ उर्लाबारी बजार सहर बन्ने बाटोमा थियो। बजार फैलिँदै, व्यापार बढ्दै, बस्ती बाक्लिँदै थियो। गाउँ विकास समिति रहेको उर्लाबारीलाई नगरपालिका बनाउने आवाज चर्किँदै गएको थियो। तर, सहर बन्ने सपना देखिरहेको उर्लाबारीको एउटा यथार्थ भने निकै तीतो थियो- सामान्य बिरामी पर्दासमेत उपचारका लागि स्थानीयले आफ्नै ठाउँमा सुविधा पाउँदैनथे। मंगलबारेमा प्राथमिक स्वास्थ्य केन्द्र थियो। त्यहाँ न डाक्टर नियमित भेटिने, ...


