तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा चितवनका सेवाग्राही समस्यामा

चितवन जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन्। यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवामा रोक लगाएपछि लिखित परीक्षा तथा सीप परीक्षा बन्द भएको हो। परीक्षा रोकिँदा पुनःसीप परीक्षा (रि–ट्रायल) दिने ८०० जनाको परीक्षासमेत रोकिएको छ। यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने र नियमित परीक्षा दिने करिब दुई हजार सेवाग्राही मर्कामा परेका हुन् । उनका अनुसार सो सेन्टरमा गरिएको ठेक्का रद्दगरी पुनःठेक्का प्रक्रिया सुरु गर्न अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो। मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण बोलपत्र आह्वान गर्न नसकिएको उनले जानकारी दिए। उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।” अहिले कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत कामबाहेक अन्य काम गर्न सकेको छैन। यहाँ ट्रायल सेन्टर सञ्चालनमा हुँदा एकपटकमा ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित तथा सीप परीक्षा दिने गर्दथे।-रासस The post तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा चितवनका सेवाग्राही समस्यामा appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

दूरसञ्चार सेवा सञ्चालनमा अब दुई खालका अनुमतिपत्रको व्यवस्था, पूर्वाधार सेवा सञ्चालनको लागि छुट्टै अनुमतिपत्र लिनुपर्ने
सरकारले दूरसञ्चार सेवाहरुको सञ्चालनका लागि दुई प्रकारको अनुमतिपत्रको व्यवस्था गर्ने भएको छ। जसअनुसार सरकारले टेलिकम अपरेटर र अन्य सेवा प्रदायकहरुलाई छुट्याउने भएको हो। हालको दूरसञ्चार ऐन २०५३ मा विभिन्न किसिमका सेवाहरुका लागि छुट्टाछुट्टै अनुमति पत्र लिनुपर्ने व्यवस्था रहेको छ। दूरसञ्चार नियमावली २०५६ अनुसार हाल १२/१३ ओटा सेवाहरुको लागि नियामक निकायबाट फरक फरक अनुमति पत्र लिनुपर्ने हुन्छ। तर सरकारले सरकारले ल्याउन लागेको नयाँ ...

क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै
क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले आफ्नो प्लेटफर्ममा रिप्पल को स्टेबलक्वाइन आरएःलयूएसडी थप्ने भएको छ। यससँगै अमेरिकी डलरको मूल्यमा आधारित क्रिप्टो टोकनहरूको सूची विस्तार हुनेछ। यस कदमले ब्लकचेनमार्फत भुक्तानी सेवा प्रदान गर्ने कम्पनी रिप्पल लाई फाइदा पुग्नेछ। कम्पनीले सीमापार भुक्तानीको कारोबार लगभग तत्कालै सम्पन्न गर्न आरएलयूएसडी लाई सन् २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको थियो। तथ्यांक प्रदायक क्वाइनगेकोका अनुसार यो स्टेबलक्वाइनको बजार पुँजीकरण २ अर्ब ...

नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीमा ‘विश्व स्ट्रोक दिवस’ मनाइयो
१२ कात्तिक, काठमाडौं। नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा विश्व स्ट्रोक दिवस मनाइएको छ । अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसको अवसरमा आज ग्राण्डी अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको […] The post नेपालको पहिलो ...

चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट !
काठमाडौं । बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकका लागि नयाँ बजाज वेगो विद्युतीय तीनपाङ्ग्रे सवारी साधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।‘चाडपर्वको बहार, वेगोमा ५० हजार’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले बजाज वेगो खरिदमा ५० हजार रुपैयाँ छुट पाउन सक्नेछन् । कम्पनीले योजनालाई थप आकर्षक बनाउँदै पुरानो सवारीसाधन साटेर ...


