Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै

क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै

क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले आफ्नो प्लेटफर्ममा रिप्पल को स्टेबलक्वाइन आरएःलयूएसडी थप्ने भएको छ। यससँगै अमेरिकी डलरको मूल्यमा आधारित क्रिप्टो टोकनहरूको सूची विस्तार हुनेछ। यस कदमले ब्लकचेनमार्फत भुक्तानी सेवा प्रदान गर्ने कम्पनी रिप्पल लाई फाइदा पुग्नेछ। कम्पनीले सीमापार भुक्तानीको कारोबार लगभग तत्कालै सम्पन्न गर्न आरएलयूएसडी लाई सन् २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको थियो। तथ्यांक प्रदायक क्वाइनगेकोका अनुसार यो स्टेबलक्वाइनको बजार पुँजीकरण २ अर्ब ५० करोड डलरभन्दा बढी छ। क्वाइनबेसका अनुसार आरएलयूएसडी बुधबारदेखि उसका व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि उपलब्ध हुनेछ। वर्षौँदेखि सर्कलको यूएसडीसी क्वाइनबेसले ग्राहकलाई उपलब्ध गराउँदै आएको प्रमुख स्टेबलक्वाइन थियो। तर पछिल्लो समय क्वाइनबेसले आफ्नो स्टेबलक्वाइनको सूची विस्तार गर्दै पेपलको पीवाईयूएसडी र भिसा, मास्टरकार्ड तथा क्वाइनबेसको समर्थनमा स्थापित संयुक्त उद्यममार्फत जारी गरिएको ओपनयूएसडी समेत समावेश गरेको छ। रिप्पलमा स्टेबलक्वाइनसम्बन्धी वरिष्ठ उपाध्यक्ष ज्याक म्याकडोनाल्डले भने, “आरएलयूएसडीका लागि क्वाइनबेसमा सूचीकृत हुनुका साथै यसको सम्पूर्ण प्लेटफर्ममा स्वीकार्यता पाउनु ठूलो विश्वसनीयता प्राप्त गर्ने अवसर हो।” रोयटर्सका अनुसार स्टेबलक्वाइन भनेको स्थिर मूल्य कायम राख्न डिजाइन गरिएका र परम्परागत मुद्राको समर्थन प्राप्त डिजिटल टोकन हुन्। यस्ता टोकनको मूल्य प्रायः अमेरिकी डलरसँग जोडिएको हुन्छ। तिनको मुख्य प्रयोग बिटक्वाइनजस्ता अन्य क्रिप्टोकरेन्सी खरिदबिक्री गर्न गरिन्छ। तर, यसका समर्थकहरूका अनुसार स्टेबलक्वाइनले तत्काल भुक्तानी गर्न र कम्पनीको कोष व्यवस्थापन गर्न पनि सहयोग पुर्‍याउन सक्छन्। The post क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

दूरसञ्चार सेवा सञ्चालनमा अब दुई खालका अनुमतिपत्रको व्यवस्था, पूर्वाधार सेवा सञ्चालनको लागि छुट्टै अनुमतिपत्र लिनुपर्ने
प्रविधिJust now

दूरसञ्चार सेवा सञ्चालनमा अब दुई खालका अनुमतिपत्रको व्यवस्था, पूर्वाधार सेवा सञ्चालनको लागि छुट्टै अनुमतिपत्र लिनुपर्ने

सरकारले दूरसञ्चार सेवाहरुको सञ्चालनका लागि दुई प्रकारको अनुमतिपत्रको व्यवस्था गर्ने भएको छ। जसअनुसार सरकारले टेलिकम अपरेटर र अन्य सेवा प्रदायकहरुलाई छुट्याउने भएको हो। हालको दूरसञ्चार ऐन २०५३ मा विभिन्न किसिमका सेवाहरुका लागि छुट्टाछुट्टै अनुमति पत्र लिनुपर्ने व्यवस्था रहेको छ। दूरसञ्चार नियमावली २०५६ अनुसार हाल १२/१३ ओटा सेवाहरुको लागि नियामक निकायबाट फरक फरक अनुमति पत्र लिनुपर्ने हुन्छ। तर सरकारले सरकारले ल्याउन लागेको नयाँ ...

टेक्नोलोजी खबर
नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीमा ‘विश्व स्ट्रोक दिवस’ मनाइयो
प्रविधिJust now

नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीमा ‘विश्व स्ट्रोक दिवस’ मनाइयो

१२ कात्तिक, काठमाडौं। नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा विश्व स्ट्रोक दिवस मनाइएको छ । अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसको अवसरमा आज ग्राण्डी अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको […] The post नेपालको पहिलो ...

आइसिटी फ्रेम
चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट !
प्रविधिJust now

चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट !

काठमाडौं । बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकका लागि नयाँ बजाज वेगो विद्युतीय तीनपाङ्ग्रे सवारी साधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।‘चाडपर्वको बहार, वेगोमा ५० हजार’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले बजाज वेगो खरिदमा ५० हजार रुपैयाँ छुट पाउन सक्नेछन् । कम्पनीले योजनालाई थप आकर्षक बनाउँदै पुरानो सवारीसाधन साटेर ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play