Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

काठमाडौं । तिहार आउनासाथ नेपाली बजारमा काजु, बदाम, ओखर, पिस्ता, खजुर र अञ्जिरजस्ता ड्राइफ्रुटको माग बढ्ने गरेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन होस् वा घरमा आउने पाहुनाको सत्कार गर्न, ड्राइफ्रुट नेपाली चाडपर्वको खानपान र संस्कृतिसँग जोडिँदै गएको छ । विशेषगरी तिहारको सिजनमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पिस्ता र ओखरजस्ता ड्राइफ्रुट उपहारका प्याकेटको माग अत्यधिक हुने गर्छ । तर, तिहारको यही मिठास कायम राख्न नेपालले ठूलो रकम अन्य मुलुकमा बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्ममा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ४७ करोड ९२ लाख ९० हजार रुपैयाँ बराबरको ड्राइफ्रुट आयात गरेको छ । तीन महिनाको अवधिमा भएको यो आयातले नेपाली बजारमा ड्राइफ्रुटको माग र त्यसलाई पूरा गर्न विदेशी बजारमाथि रहेको निर्भरता देखाउँछ । काजु र बदाममै झन्डै एक अर्ब बाहिरियो ड्राइफ्रुटको आयातमा काजु र बदामको हिस्सा उल्लेखनीय देखिन्छ । उपलब्ध विवरणअनुसार तीन महिनामा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको काजु र ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको बदाम आयात भएको छ । यी दुई वस्तुको आयात मूल्य जोड्दा ९४ करोड ५० लाख ६१ हजार रुपैयाँ पुग्छ । विभागका अनुसार यी वस्तु खाजा तथा परिकारमा प्रयोग हुनुका साथै चाडपर्वमा उपहारका रूपमा दिने चलनले पनि बजारमा यसको माग बढ्ने गर्छ । नेपालमा काजु भारत, भियतनामलगायत विभिन्न देशबाट आयात हुने गरेको छ । बदाम भने भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकबाट आउने गरेको तथ्यांकमा उल्लेख छ । बोक्रासहित र बोक्रा हटाइएको दुवै प्रकारका काजु तथा बदाम आयात हुने गरेका छन् । सुपारी र ओखरको आयात पनि ठूलो ड्राइफ्रुटको सूचीमा काजु र बदाम मात्रै छैनन् । सुपारी, ओखर, पिस्ता, ब्राजिल नट, हेजलनट, म्याकाडामिया नट, पाइन नट, खजुर र अञ्जिरसमेत आयात हुने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ३२ लाख ४० हजार ५०० किलोग्राम सुपारी आयात भएको छ । यसै अवधिमा बोक्रासहितको ओखर १४ लाख ५१ हजार २०० किलोग्राम र बोक्रा हटाइएको ओखर ७४ हजार ५१ किलोग्राम आयात भएको उल्लेख छ । त्यस्तै, सुक्खा खजुर १ हजार ४१२ किलोग्राम, अन्य प्रकारका अञ्जिर ४५ हजार ९२ किलोग्राम र ताजा अञ्जिर २२४ किलोग्राम आयात भएको तथ्यांकमा उल्लेख छ । यी तथ्यांकले नेपाली बजारमा विभिन्न प्रकारका सुक्खा फलफूल तथा नट्सको उपभोग र व्यापार फैलिएको संकेत गर्छन् । त्यसैगरी नेपालमा तीन महिनाको अवधिमा २ करोड ८९ लाख २८ हजार रुपैयाँ बराबरको अञ्जिर आयात भएको छ । भारत, कुवेत, ओमान, कतार र साउदी अरेबियाबाट ताजा अञ्जिर आयात भएको छ भने भारत र कतारबाट अन्य प्रकारका अञ्जिरसमेत नेपाल भित्रिएको छ । ड्राइफ्रुटको आयातमा ठूलो रकम खर्च हुनु नेपालको खाद्य व्यापारसँग जोडिएको विषय पनि हो । आयातित वस्तुले उपभोक्ताको माग पूरा गर्न सहयोग गरे पनि त्यसका लागि विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्था रहेको उक्त तथ्यांकले देखाएको छ । तीन महिनामा झन्डै साढे दुई अर्ब रुपैयाँ बराबरको ड्राइफ्रुट आयात हुनुले नेपाली बजारमा यस्ता वस्तुको महत्वपूर्ण स्थान रहेको देखाउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काठमाडौंमाथि जनकपुरको सानदार जित, मोइन अलीको अर्धशतक
ताजा खबरJust now

काठमाडौंमाथि जनकपुरको सानदार जित, मोइन अलीको अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । टियु स्टेडियममा आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि जनकपुरको ८ विकेटको रवाफिलो जित निकालेको हो । ११६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेट्यायो । यो जनकपुरको दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग पराजित ...

केन्द्रबिन्दु
जनकपुरले सजिलै हरायो काठमाडौँलाई
ताजा खबरJust now

जनकपुरले सजिलै हरायो काठमाडौँलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो । काठमाडौँले प्रस्तुत गरेको ११६... ...

रातोपाटी
चक्रवात ‘अर्नब’ को सम्भावित असर, उच्च सतर्कतामा सरकार
ताजा खबरJust now

चक्रवात ‘अर्नब’ को सम्भावित असर, उच्च सतर्कतामा सरकार

काठमाडौं।चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने यथावत् ...

नेपालन्युज
मोइन अलीको अर्धशतकमा जनकपुरको सहज जित
ताजा खबरJust now

मोइन अलीको अर्धशतकमा जनकपुरको सहज जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ।  कीर्तिपुरस्थित क्रिकेट मैदानमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले दुई विकेटको क्षतिमा सहजै पूरा गरेको हो। जनकपुरका लागि मोइन अलीले अर्धशतक प्रहार गरे।    ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play