Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे । “तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ”, उनले भने, “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।” अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए । एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत रु ९० को थोक मूल्यको आधारमा रु ४० करोड ५० लाख, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य रु ४५ का दरले रु दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य रु एक हजार २०० का दरले रु दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य रु ४०० का दरले दुई करोड ४० लाख पर्ने बताइएको छ । यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए । मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै
ताजा खबरJust now

दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै

काठमाडौंँ । नेपालको पहिलो पटक दुबईमा आफ्नो उत्पादन निर्यात गरेर ऐतिहासिक फड्को मारेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को घिउ निर्यात अब नियमित बनेको छ । परीक्षणका रूपमा गरिएको पहिलो... ...

रातोपाटी
तीन वर्षको युद्धपछि नेतान्याहूको राजनीतिक भविष्य तय गर्न मतदान
ताजा खबरJust now

तीन वर्षको युद्धपछि नेतान्याहूको राजनीतिक भविष्य तय गर्न मतदान

काठमाडाैँ । इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने निर्वाचनमा मतदाताहरूले मङ्गलबार मतदान गरिरहेका छन्। इजरायलको... ...

रातोपाटी
पोखरादेखि कोरला नाकासम्मको सडकको यस्तो छ हालत (तस्बिरहरू)
ताजा खबरJust now

पोखरादेखि कोरला नाकासम्मको सडकको यस्तो छ हालत (तस्बिरहरू)

काठमाडौँ। भोटेकोशी बाढीपछि चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण मार्ग बनेको छ । तर, पोखरादेखि कोरला नाकासम्म पुग्ने सडक साँघुरो र जीर्ण हुँदा आवागमन तथा ढुवानीमा समस्या रहेको व्यवसायीहरु बताउँछन्... ...

रातोपाटी
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
ताजा खबरJust now

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play