तिलक वर्माको उत्कृष्ट फिनिसिङमा न्युजिल्यान्डमाथि भारतको जित

काठमाडाैं । न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० खेलमा भारतले ४ विकेटको जित निकालेको छ। क्राइस्टचर्चस्थित हेग्ली ओभलमा न्युजिल्यान्डले दिएको १८१ रनको लक्ष्य भारतले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। भारतले एक बल बाँकी छँदै जित निकालेको हो। भारतका लागि तिलक वर्माले २६ बलमा ५१ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, नमन धीरले १७ बलमा ३१ रन तथा अभिषेक शर्माले २१ बलमा २७ रन जोडे। न्युजिल्यान्डका मिचेल स्यान्टनरले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो। उसका लागि ग्लेन फिलिप्सले ४३ बलमा ७० रन बनाए भने बेभन ज्याकब्सले ४६ बलमा ५८ रन जोडे। फिन एलनले १४ बलमा १६ रन बनाए। भारतका अर्शदीप सिंहले २ विकेट लिए । यस जितसँगै भारतले पाँच खेलको टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?
काठमाडौं । गत ४ कात्तिकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहितको मोटरसाइकल बरामद ग¥यो । लागूऔषधसहितको मोटरसाइकल बरामदपछि अहिले सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउन अनेक प्रयास भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा त्यस दिन दिउँसो साढे २ बजे सुनसरीको भोक्राह […] ...

छ महिनाभित्र जानकी आँखा अस्पतालमा सुधार गर्ने सांसद झाको प्रतिबद्धता
झाले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको सेवा प्रवाह र व्यवस्थापन सुधार गर्न आगामी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने प्रतिबद्धता ...

देश जटिल राजनीतिक र आर्थिक संकटमा छ: प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले जटिल राजनीतिक, आर्थिक र सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ को औपचारिक उद्घाटन गर्दै यस्तो बताएका हुन्। प्रचण्डले जारी गरेको अपिलमा भनिएको छ, ‘ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप ...

चितवनमा ३ महिनामा २८ जनाद्वारा नेपाली नागरिकता परित्याग
नारायणगढ – जिल्ला प्रशासन कार्यालय चितवन र ईलाका प्रशासन कार्यालय माडीबाट चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म ३ हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । यसै अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका […] ...


