देश जटिल राजनीतिक र आर्थिक संकटमा छ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले जटिल राजनीतिक, आर्थिक र सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ को औपचारिक उद्घाटन गर्दै यस्तो बताएका हुन्। प्रचण्डले जारी गरेको अपिलमा भनिएको छ, ‘ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ।’ उनले महँगीले जनजीवन कष्टकर बनेको, बेरोजगारी बढेको र युवा पलायनको समस्या गम्भीर बनेको उल्लेख गरे। उनले वर्तमान सरकार लोकतान्त्रिक संस्थाहरू, नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति असहिष्णु बनेको आरोप लगाए। ‘फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने प्रवृत्ति देखाइरहेको छ,’ उनले भने। उनले यस्ता प्रवृत्तिले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न गराएको दाबी गरे। बाढीपहिरोको विषयमा बोल्दै उनले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार कार्यमा ढिलासुस्ती भएको भन्दै आपत्ति जनाए। उनले राज्यले विपत्मा नागरिकको जीवनरक्षा गर्न नसकेको र उद्धार कार्यमा आधुनिक प्रविधि तथा जनशक्तिको पर्याप्त परिचालन नगरेको आरोप लगाए। नेकपाले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने यो अभियानमा संगठन विस्तार, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकासम्बन्धी समस्या समाधानलाई प्राथमिकता दिइएको छ। पार्टीका केन्द्रीय नेताहरू गाउँ र टोलसम्म पुगेर जनताका गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने प्रचण्डले जनाए। अभियानमार्फत पार्टीलाई रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्ने उद्देश्य रहेको उनको भनाइ छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैंमा मुस्ताङबाट ३६ करोडभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री
मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), कात्तिक ७ गते । दसैंंमा मुस्ताङबाट ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका पाँचवटा स्थानीय तहका कृषकले पाले... ...

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा प्रवेश
ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय सिनेमा तथा टेलिभिजनप्रतिको लामो स... ...

गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा
गुल्मी। जिल्लामा ५५.९२ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा हालसम्म एक लाख ३७ हजार ८४५ जनाले बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जनाएको छ। कार्यालयका संयोजक सुवास घिमिरेका अनुसार २०७६ साल माघ १९ गतेदेखि जिल्लामा यो कार्यक्रम सुरु गरिएको हो। २०७८ सालको जनगणनाअनुसार दुई ...

कतारमा पिजन इन्जिनियरिङको २२ वर्ष पूरा, ३ हजारभन्दा बढीलाई रोजगारी
दोहा । कतारमा स्थापना भएर सञ्चालन हुँदै आएको पिजन इन्जिनियरिङले सेवाको २२ वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार शर्माले एक विज्ञप्ति जारी गर्दै कतार... ...


