तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

काठमाडौं । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै पर्यटकका लागि खुला भएको हो । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले भोटेकोशी बाढीले क्षति पुगेको स्याफ्रुबेँसीमा आवतजावतका लागि अस्थायी पुल निर्माण भएसँगै पर्यटकका लागि उक्त पदमार्ग खुला भएको जानकारी दिए । उक्त पदमार्ग भएर वार्षिक एक हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । तिब्बती प्रभाव र परम्पराले भरिपूर्ण तामाङ समुदायको जीवनशैली, ढुंगाले कुँदिएका घर तथा काठका झ्यालहरू, गुम्बा, मानेलगायतको अवलोकन गर्न मिल्ने उक्त पदमार्गमा सातदेखि १० दिनसम्म पदयात्रा गर्न सकिनेछ। उक्त पदमार्गमा आमाछोदिङ गाउँपालिकाको स्याफ्रुबेँसी, बाहुनडाँडा, गोल्जुङ, गत्लाङ हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । उक्त पदमार्गबाट गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खला तथा चिनियाँ सिमानाको मनोरम दृश्य हेर्न सकिने रसुवा–नुवाकोट पर्यटन समाजका सचिव दिनेश तामाङ फुलुङले जानकारी दिए । उक्त पदमार्ग भएर धादिङको सुन्दर उपत्यका रुविभ्यालीसमेत जान सकिन्छ। तामाङ सम्पदा पदमार्ग भएर पदयात्रा गर्ने पर्यटक धादिङको रुविभ्याली गाउँपालिकाअन्तर्गत सोम्ताङ, पाङ्साङपास, गणेश हिमालमा रहेको सेतोदह, कालोदह हुँदै धादिङको गंगा जमुना र गोरखाको मनास्लु जाने गरेका छन् । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट अवरुद्ध भएको मनास्लु लार्केपास क्षेत्रसमेत पर्यटकका लागि खुला भइसकेकाले उक्त क्षेत्रमा पदयात्रा गर्न सकिनेछ । धादिङको रुविभ्याली पदमार्गमा वार्षिक ४०० देखि ५०० को हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक जाने गरेका छन् । भोटेकोशी बाढीबाट प्रभावित पर्यटकीय गन्तव्य लाङ्टाङ, क्यान्जिन र गोसाईंकुण्ड क्षेत्र पदयात्राका लागि यसअघि नै पदयात्राका लागि खुला भइसकेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले जनाएको छ। पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याफ्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाईंकुण्ड–ठूलोस्याफ्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ । टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा (तस्बिरहरु)
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...


