तातोपानी नाका नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग

सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ ।

यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालन गर्न माग गरेको छ ।

संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार तीन दिनमात्र होइन, नियमित संचालनका लागि माग राखेका छौं । ‘नेपालस्थित चिनिया दूताबासलाई ध्यानाकर्षण पत्र नै बुझाएर संचालनको माग राखेका छौं,’ उनले भने ।

नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर नेपाल र चीन दुवैतर्फ रोकिएको उनले जानकारी दिए ।

हालैका गम्भीर मौसमी घटनाहरूका कारण स्थलमार्गहरूमा अवरोध तथा क्षति पुगेको अवस्थामा तातोपानी नाका सीमापार आवागमनका लागि सबैभन्दा व्यवहारिक र प्रभावकारी मार्गका रूपमा रहेकाले दशैँ र तिहारलगायतका प्रमुख चाडपर्वको मौसम चलिरहेको यस समयमा चाडपर्व लक्षित सामान बोकेका सयौँ कन्टेनरहरू सीमामा रोकिएको, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीहरूको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन्। यसले साना स्थानीय व्यापारीहरूलाई गम्भीर आर्थिक क्षति पुर्याउनुका साथै नेपाली उपभोक्ताहरूका लागि बजारमा वस्तुको ठूलो अभाव सिर्जना गर्ने अवस्था उत्पन्न गराएकाले नाका सुचारु गराउन माग गरिएको पराजुलीले जानकारी दिए ।

नेपाली पक्षका सम्बन्धित सडक निकायहरू तथा स्थानीय सरोकारवालाहरूले सडकमा रहेका अवरोधहरू हटाई सुरक्षित आवागमन पुनःस्थापना गरिसकेको जानकारी दिंदै उनले भन्सार जाँचपास तथा सवारीसाधनको आवागमनका लागि सडक पूर्ण रूपमा सञ्चालनयोग्य भएको पनि बताए ।

चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बसको डिकीमै निसासिएर मर्छन् कयौं खसीबोका, पशु सेवा विभागलाई छैन चासो
दशैं नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ । तर, पर्याप्त हावा नछिर्ने बसका डिकीमा कोचेर गरिने ओसारपसारका कारण बर्सेनि कयौं पशुले ज्यान गुमाइरहेका छन् । पशु ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउने जिम्मेवारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन र कडा कारबाही खोइ ? दशैंमा खसीबोकाको माग बढेसँगै गाउँबाट काठमाडौंलगायत सहरमा खसीबोका ल्याउने क्रम तीव्र… ...

दशैंका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका
दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका सञ्चालनमा ल्याएको हो। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका ...

फ्रान्समा भइरहेको आन्दोलनबारे जान्नुपर्ने कुराहरू
१ कात्तिक, काठमाडौं । शनिबार फ्रान्सभरि महँगी र इन्धनको बढ्दो मूल्यको विरोधमा र्याली निकाल्ने तयारी गरिएको छ। यो विरोध प्रदर्शन देशमा आर्थिक र सामाजिक संकट गहिरो बन्दै गएको समयमा भएको छ। विद्यालय सुधारको माग गर्दै हप्तौंसम्म चलेका विद्यार्थी आन्दोलनले यसलाई थप बल पुर्याएको छ। केही प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल अकाउन्टमार्फत आन्दोलनको आह्वान गरेका छन्। यी अकाउन्टहरू करिब… ...

दशैंमा घर फर्किनेको लर्को, झन्डै पाँच लाखले छाडे काठमाडौँ उपत्यका
बडादशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र ...