Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी
Photo / Coverage: पर्दाफास

प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखिने हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ । नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ । असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन् । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार चलिरहेको छ । यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् । विश्वका धनाढ्य सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । रसिया, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक र फ्रान्सलगायत देशबाट सिकारी आउने गरेको सुवेदीले बताए । विदेशी सिकारीको चहलपहल उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन् । कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्रै परिचित ढोरपाटन पछिल्लो समय पदयात्राका लागि नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् । स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग हुँदै ढोरपाटन आउने र त्यहाँबाट पदयात्रा गरी बुकीपाटनसम्म पुग्ने गरेका छन् । विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उनले बताए । ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारी पनि खटाइने गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ । ढोरपाटन क्षेत्रमा प्रत्येक वर्ष दुई ‘सिजन’मा सिकार खेलाउने गरिएको छ । पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको सिकार ब्लकमा सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षको दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व सङ्कलन भयो । सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको छ । पछिल्लो समय पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ । सिकार पर्यटनसँगै पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय संस्कृति ढोरपाटनको पर्यटनका थप आकर्षण हुन् । विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति
OthersJust now

पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति

२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई… ...

अनलाइन खबर
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो
OthersJust now

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए । ...

अनलाइन खबर
सामुदायिक बनमा भेटियो भरुवा बन्दुक
OthersJust now

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...

अनलाइन खबर
देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?
OthersJust now

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका थिए । उक्त विज्ञप्तिको मुख्य बुँदा थियो, ‘अबदेखि देउसी-भैलोमा समयको कुनै पाबन्दी छैन । २४ सै घण्टा निर्धक्क खेल्नुहोला… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play