Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते
Photo / Coverage: केन्द्रबिन्दु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित ११ जना सवार रहेकामा एक बालिका भने सकुशल रहेकी छन् । बुधबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरीले जनाएको छ । माइक्रोबस काठमाडौं महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएका थिए । दुर्घटनामा चालक केसीसहित झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईं र उनका १४ वर्षीय छोरा नैन प्रसाईं घाइते भएका छन् । त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रवीण तामाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का र इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम पनि घाइते भएका छन् । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक घाइते भएका छन् । रेणुका प्रसाईंकी १० वर्षीया छोरी निरुसा प्रसाईं भने सकुशल रहेकी छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई चिप ब्यापारको केन्द्रमा पुगेकी एलिस ह्वाङ प्रेम सम्बन्धले अमेरिकी अनुसन्धानको घेरामा
Latest NewsJust now

एआई चिप ब्यापारको केन्द्रमा पुगेकी एलिस ह्वाङ प्रेम सम्बन्धले अमेरिकी अनुसन्धानको घेरामा

चीनको वित्तीय क्षेत्रमा करिअर सुरु गरेकी एलिस ह्वाङ पछिल्लो समय विश्वव्यापी एआई चिप प्रतिस्पर्धाको केन्द्रमा पुगेकी छन्।  अमेरिकी गुप्तचर निकायहरूले उनलाई चिनियाँ गुप्तचर संयन्त्रसँग जोडेर अनुसन्धान गरिरहेको खबर सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङसँगको उनको सम्बन्धसमेत विवादमा तानिएको छ। चिनियाँ नाम ह्वाङ लेबाट समेत चिनिने ए... ...

नेपालखबर
भाइटीकाको उपहारदेखि विदेशसम्म फैलिएको पाँचथरको ढाका
Latest NewsJust now

भाइटीकाको उपहारदेखि विदेशसम्म फैलिएको पाँचथरको ढाका

तिहारमा दाजुभाइ र दिदीबहिनीबीच उपहारका रूपमा साटासाट हुने ढाकाका सामग्रीको माग नेपालका विभिन्न सहर हुँदै विदेशसम्म पुग्न थालेको छ । ...

कान्तिपुर
नदीमा डुबेर एक बालकको मृत्यु
Latest NewsJust now

नदीमा डुबेर एक बालकको मृत्यु

घोराही (दाङ), कात्तिक २४ गते । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी क... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play