ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिएकी हुन् । उनका अनुसार स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको छ । बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको परियोजना निर्माणको चरणमा प्रवेश गर्न लागेको उनले बताइन् । ‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर फाइल पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहुवर्षीय योजना भएकाले यो निर्माण सम्पन्न गर्ने दिशातर्फ अघि बढिरहेको छ,’ मन्त्री मेहताले भनिन्, ‘शिलान्यासको ठ्याक्कै मिति भन्न गाह्रो हुन्छ, तर चाँडै नै हुन्छ । ट्रमा सेन्टर यहीँ बन्छ ।’ ढल्केवरमा ट्रमा सेन्टर निर्माण भएपछि सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । साथै, गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लैजानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गासमेत प्राप्त भइसकेको छ । स्थानीय बासिन्दाले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन् । सडक दुर्घटनाको जोखिम तथा गम्भीर घाइतेलाई तत्काल उपचार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रस्तावित ट्रमा सेन्टरलाई मधेश प्रदेशको स्वास्थ्य सेवा पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । निर्माण सम्पन्न भएपछि यस क्षेत्रका दुर्घटनापीडितले समयमै विशेषज्ञ उपचार पाउने र अन्य ठूला अस्पतालमा जानुपर्ने चापसमेत घट्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
८ कात्तिक, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास… ...

नेपाल–भारत सीमामा कहाँ–कहाँ छ अतिक्रमण ? सरकार भन्छ– म्यापिङको काम जारी छ
परराष्ट्र मन्त्रालयले दिएको लिखित जवाफमा अतिक्रमण भएका स्थानको संख्या र नाम खुलाइएको छैन । परराष्ट मन्त्रालयले नेपाल–भारत सीमा कार्यदल (बीडब्लुजी) लगायतका संयन्त्रबाट त्यस्ता स्थानको नक्सांकन भइरहेको जवाफ दिएको छ । ...

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । चल्दै गरेको बोटको इन्जिन बन्द हुँदा ...

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
८ कात्तिक, धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ… ...


