Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

डोल्पा कारागारबाट फरार भएका आठ मध्ये दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पा कारागारबाट फरार भएका आठ मध्ये दुई कैदी रुकुम पश्चिमबाट पक्राउ
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट दुई जना फरार कैदी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । विक जबर्जस्ती करणीसम्बन्धी मुद्दामा र राना पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । पक्राउ परेका दुवै जनालाई गोतामकोट प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । डोल्पा कारागारबाट फरार भएका आठ जनामध्ये दुई जना पक्राउ परेका छन् । चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका थिए। फरार कैदीहरूको खोजी गर्ने क्रममा प्रहरीले दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गरेको थियो। जिप जाँच गर्ने क्रममा ती दुई कैदी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। कारागारबाट फरार भएका बाँकी कैदीहरूको खोजी तथा पक्राउका लागि प्रहरीले खोजतलास अभियान जारी राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति
PoliticsJust now

प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । दुवै पार्टीले मंगलबार काठमाडौंको पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी एकताको घोषणा गरेका हुन् । एकतासम्बन्धी सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् […] ...

लोकपथ
गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत
PoliticsJust now

गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत

काठमाण्डु- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्कासित नेतृ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा फर्किएकी छन्। उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी छन्। तत्कालीन अवस्थामा माओवादीले चलाएको १० वर्षे जनयुद्धताका गोरखा जेल ब्रेक गरेर चर्चित बने भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई मंगलबार पेरिस डाँडामा स्वागत गरिएको हो । […] ...

काठमाण्डुपाटी
तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
PoliticsJust now

तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएको हो । विराटनगरको इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएका छन् । तीन खेलाडीको अर्धशतकीय प्रदर्शन विराटनगरको इनिङ्सको मुख्य आकर्षण बन्यो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play