Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

काठमाडौं। डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार केही दिनदेखि परेको निरन्तरको हिमपातले पदमार्ग अवरुद्ध भएपछि उनीहरू उच्च हिमाली क्षेत्रमा अलपत्र परेका थिए। प्रशासनले कात्तिक १४ गते पर्यटकहरू फसेको जानकारी प्राप्त गरेको थियो। त्यसको भोलिपल्ट कात्तिक १५ गते हेलिकप्टरमार्फत उद्धार कार्य सुरु गरिएको हो। उद्धार गरिएका पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे रहेका छन्। उनीहरूमा दुई महिला र चार पुरुष छन्। उनीहरू प्रसिद्ध शे-फोक्सुण्डो ताल भ्रमणका लागि डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च क्षेत्रमा भारी हिमपात भएपछि उनीहरू सो क्षेत्रमा फसेका हुन्। जिल्ला प्रशासन कार्यालयकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको उद्धार भइरहेको पुष्टि गरिएको छ। प्रतिकूल मौसमका कारण थप जोखिम हुन सक्ने भन्दै प्रशासनले सो क्षेत्रमा रहेका अन्य व्यक्तिहरूलाई पनि सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
ताजा खबरJust now

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

केन्द्रबिन्दु
सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
ताजा खबरJust now

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री

छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

कान्तिपुर
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
ताजा खबरJust now

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play