डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबिएएन) मा नयाँ नेतृत्व चयन भएको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको हो । एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल तथा कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ दिपेश लम्साल रहनुभएको छ । सदस्यमा मुक्तिनाथ विकास बैंक सिइओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सिइओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ रविन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सिइओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सिइओ अनन्तकुमार चापागाईं रहनुभएको एसोसिएसनले जनाएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दिनेश थकालीले बैंकिङ क्षेत्रका समसामयिक मुद्दाहरूमा प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल नेपालमा १७ विकास बैंकहरू सञ्चालनमा छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फूलको अर्थतन्त्र
काठमाडौँ। तिहार नजिकिँदै गर्दा भक्तपुरको गुण्डुका किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ। बिहानै खेतबारी पुगेर फूल टिप्ने र दिउँसो परिवारका सदस्यसँग मिलेर माला तयार पार्ने उनीहरूको दिनचर्या बनेको छ। यही फूलले कसैको घर सजाउँछ, कसैको चाडपर्वको खुसी बढाउँछ। तर फूल उत्पादन गरेर बजारमा पुर्याउने किसानका लागि भने यो मौसम कमाइसँगै मूल्य र बजारको हिसाब मिलाउने समय पनि हो। नेपालमा ...

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
• लगातारको वर्षाका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। • काभ्रेको पिन्थली र गिम्दीबेँसीमा बिपी राजमार्गमा लेदो बगेर सडक अवरुद्ध भएको छ। • खोटाङको मध्यपहाडी लोकमार्ग र ललितपुरको बागमती खोला करिडोरमा पनि पहिरो र जलसतह बढ्नाले आवागमन प्रभावित भएको छ। ...

महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा ...

६ जना भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन
काठमाडौं । डोल्पाको शे–फोक्सुन्डो ताल भ्रमणमा निस्किएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–८, रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् । डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबार हिमपात भइरहेको ...


