फूलको अर्थतन्त्र

काठमाडौँ। तिहार नजिकिँदै गर्दा भक्तपुरको गुण्डुका किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ। बिहानै खेतबारी पुगेर फूल टिप्ने र दिउँसो परिवारका सदस्यसँग मिलेर माला तयार पार्ने उनीहरूको दिनचर्या बनेको छ। यही फूलले कसैको घर सजाउँछ, कसैको चाडपर्वको खुसी बढाउँछ। तर फूल उत्पादन गरेर बजारमा पुर्याउने किसानका लागि भने यो मौसम कमाइसँगै मूल्य र बजारको हिसाब मिलाउने समय पनि हो। नेपालमा फूलखेती अब घरआँगन सजाउने रहरमा मात्र सीमित छैन। व्यावसायिक उत्पादन, रोजगारी, व्यापार र निर्यातको सम्भावनासँग जोडिँदै यो कृषि क्षेत्रको एउटा छुट्टै व्यवसायका रूपमा विस्तार भइरहेको छ। देशका ५४ जिल्लामा फैलिएको पुष्प व्यवसायले वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्न थालेको छ। यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीले रोजगारी पाएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को तथ्याङ्क छ। तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुका महिला मखमली फूलको माला उन्दै। तस्बिरः चन्द्रकला क्षेत्री/रासस फ्यानका अनुसार देशभर करिब २५० हेक्टर क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको छ। एक हजार १४५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन्। काठमाडौं उपत्यकासहित झापा, इलाम, धनकुटा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, रुपन्देही, बाँके, दाङ र कैलालीलगायत जिल्लामा फूलखेती विस्तार हुँदै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा पुष्प व्यवसायको वार्षिक कारोबार तीन अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष दुई अर्ब ९४ करोड रुपैयाँ रहेको कारोबार एक वर्षमा करिब १२ प्रतिशतले बढेको हो। फूल उत्पादनसँगै नर्सरी, बिरुवा उत्पादन, माला निर्माण, प्याकेजिङ, ढुवानी र बिक्री वितरणसम्मको व्यावसायिक सञ्जाल विस्तार हुँदा यसले किसानदेखि व्यापारीसम्मलाई आम्दानीको अवसर दिएको छ। चाडपर्वमा यी फूलको माग उच्च हुने गरे पनि सजावटी फूल, कट फ्लावर र विभिन्न प्रजातिका बिरुवाको बजारसमेत विस्तार हुँदै गएको छ। नेपालमा सयपत्री, मखमली र गोदावरी मुख्य व्यावसायिक फूल हुन्। यीमध्ये सयपत्री खेतीका लागि मात्रै २२५ हेक्टरभन्दा बढी क्षेत्रफल प्रयोग भइरहेको छ। चाडपर्वमा यी फूलको माग उच्च हुने गरे पनि सजावटी फूल, कट फ्लावर र विभिन्न प्रजातिका बिरुवाको बजारसमेत विस्तार हुँदै गएको छ। पुष्प प्रदर्शनी अवलोकन गर्दै उपभोक्ता। तस्बिरः नेपाल फोटो लाइब्रेरी पाँच दिनमै ६४ करोडको कारोबार नेपाली पुष्प व्यवसायको बजार बुझ्न तिहारको कारोबार हेरे पुग्छ। घर, मन्दिर, कार्यालय र सार्वजनिक स्थल सजाउन सयपत्री, मखमली तथा गोदावरीका माला र फूलका थुँगाको माग यस समयमा निकै बढ्छ। फ्यानका अनुसार यस वर्ष तिहारका पाँच दिनमा देशभर करिब ५१ लाख ८० हजार विभिन्न प्रजातिका फूलका माला खपत हुने अनुमान छ। तिहारमा अत्यधिक माग हुने र अन्य समयमा बजार खुम्चिने प्रवृत्तिले किसानलाई वर्षभरि नियमित आम्दानी गर्न भने कठिन बनाएको छ। यसमा सयपत्रीका करिब ४५ लाख, मखमलीका ६ लाख र गोदावरीका २० हजार माला रहने प्रक्षेपण छ। विभिन्न प्रजातिका फूल मिसाएर बनाइने मिक्स मालाको माग पनि बढिरहेको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन्। मालाबाहेक यस वर्ष तिहारमा ३५ लाख सयपत्रीका थुँगा र आठ लाख गोदावरीका गमला बिक्री हुने अनुमान गरिएको छ। माला, थुँगा र गमलासमेत जोड्दा तिहारको पाँच दिनमा पुष्प व्यवसायको कारोबार करिब ६४ करोड ५० लाख रुपैयाँ पुग्ने फ्यानको प्रक्षेपण छ। घोराही उपमहानगरपालिका-१४ झिंगौराका लोकेन्द्र रोका मगरले व्यावसायिक रुपमा गरेको सयपत्री फूल खेती। तस्बिरः सुशीला ओली/रासस यो कारोबारले फूल उत्पादक किसानलाई मात्र होइन, नर्सरी सञ्चालक, माला गाँस्ने श्रमिक, व्यापारी र ढुवानी व्यवसायीलाई समेत काम र आम्दानी दिन्छ। तर तिहारमा अत्यधिक माग हुने र अन्य समयमा बजार खुम्चिने प्रवृत्तिले किसानलाई वर्षभरि नियमित आम्दानी गर्न भने कठिन बनाएको छ। मखमली फूलमा आत्मनिर्भर नेपाली पुष्प व्यवसायमा मखमली फूलले आत्मनिर्भरता र निर्यात दुवैको सम्भावना देखाएको छ। नेपाल मखमली फूलमा आत्मनिर्भर रहेको फ्यानको दाबी छ। यस वर्ष तिहारका लागि आवश्यक पर्ने करिब छ लाख मखमली मालामध्ये चार लाख स्वदेशमै खपत हुने र बाँकी दुई लाख विदेश निर्यात हुने अनुमान छ। विदेशमा नेपाली समुदायको विस्तारसँगै तिहारमा प्रयोग हुने मखमली मालाको बजार पनि फैलिँदै गएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, पाल्पा, कैलाली र इलामलगायत जिल्लामा मखमलीको व्यावसायिक खेती हुँदै आएको छ। विदेशमा बसोबास गर्ने नेपाली समुदायका कारण अमेरिका, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, युरोपका केही देश तथा खाडी मुलुकमा यसको माग बढिरहेको छ। फ्यानको तथ्याङ्कअनुसार सन् २०२४ मा तिहारका लागि नेपालबाट करिब दुई लाख मखमली माला निर्यात भएको थियो। सन् २०२३ मा यस्तो निर्यात एक लाख ५० हजार थियो। विदेशमा नेपाली समुदायको विस्तारसँगै तिहारमा प्रयोग हुने मखमली मालाको बजार पनि फैलिँदै गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुका महिला मखमली फूलको माला उन्दै। तस्बिरः रासस तर विदेशमा माग बढ्दै जाँदा स्वदेशमै फूल उत्पादन गर्ने किसानले भने उचित मूल्य पाउन सकेका छैनन्। भक्तपुरको गुण्डुका किसान निर्मला बस्नेतका अनुसार एक रोपनीमा मखमली खेती गर्दा एक सिजनमा करिब एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ। व्यापारीले अर्डरअनुसार माला तयार पार्न किसानकै घर पुग्ने भएकाले बिक्रीका लागि बजार धाउनुपर्ने झन्झट कम छ। जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई फूल उत्पादन, टिपाइ र माला गाँस्ने खर्चले नाफा घटाएको छ। एउटा मखमली मालाको मूल्य अहिले २५ रुपैयाँसम्म पर्ने गरेको छ। अघिल्ला वर्षमा प्रतिमाला ३५ देखि ५० रुपैयाँसम्म बिक्री हुने गरे पनि यस वर्ष मूल्य र माग दुवै अपेक्षाअनुसार नभएको किसानको भनाइ छ। दुई वर्षअघिसम्म राम्रो आम्दानी हुने गरेको खेतीमा पछिल्लो समय लागत र श्रमअनुसारको प्रतिफल पाउन कठिन भएको उनीहरूको गुनासो छ। विशेषगरी जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई फूल उत्पादन, टिपाइ र माला गाँस्ने खर्चले नाफा घटाएको छ। दाङको घोराही उपमहानगरपालिका-१४ झिंगौरामा गरिएको सयपत्री फूलको व्यावसायिक खेती। तस्बिरः रासस यसले एउटा प्रश्न पनि उठाएको छ- विदेशमा नेपाली फूलको माग बढ्दा त्यसको लाभ उत्पादन गर्ने किसानसम्म किन पुगिरहेको छैन? निर्यातको बजार विस्तारसँगै किसानले उचित मूल्य पाउने व्यवस्था, व्यापारीसँगको समन्वय र व्यवस्थित आपूर्ति सञ्जाल पनि आवश्यक देखिन्छ। सयपत्रीमा अझै आयातको भर मखमलीमा आत्मनिर्भर बनेको नेपाल सयपत्रीमा भने अझै पूर्ण आत्मनिर्भर हुन सकेको छैन। यस वर्ष तिहारमा आवश्यक पर्ने करिब ४५ लाख सयपत्री मालामध्ये ४० लाख स्वदेशी उत्पादनबाट आपूर्ति हुने र पाँच लाख माला आयात गर्नुपर्ने अनुमान छ। यस वर्ष अविरल वर्षा र बाढीपहिरोले विभिन्न जिल्लामा सयपत्री खेतीमा क्षति पुर्याएको फ्यानले जनाएको छ। सयपत्रीको माग बढ्दै गए पनि आन्तरिक उत्पादनले पूरा गर्न नसक्नु पुष्प व्यवसायको चुनौती हो। उत्पादनका समयमा हुने विपद्, खेतीयोग्य जमिनको उपलब्धता, गुणस्तरीय बीउबिजन, प्रविधि र बजार व्यवस्थापनका समस्याले उत्पादन विस्तारमा असर पारिरहेको छ। पुष्प प्रदर्शनीमा उपभोक्ता। फाइल तस्बिर यस वर्ष असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोले विभिन्न जिल्लामा सयपत्री खेतीमा क्षति पुर्याएको फ्यानले जनाएको छ। तिहारलाई लक्षित गरेर लगाइएको फूलमा विपद्ले क्षति पुर्याउँदा किसानको लगानी र बजारमा हुने आपूर्ति दुवै प्रभावित भएका छन्। चाडपर्वको निश्चित समयलाई लक्षित गरेर गरिने फूलखेतीमा उत्पादन घट्दा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ। त्यसैले खेती विस्तारसँगै बाली संरक्षण, जोखिम न्यूनीकरण र प्राविधिक सहयोगमा पनि ध्यान दिनुपर्ने देखिन्छ। तीन अर्बको कारोबार, निर्यात भने न्यून पुष्प व्यवसायको कारोबार बढिरहेको भए पनि आयात र निर्यातबीचको अन्तर भने ठूलो छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पुष्प तथा पुष्पजन्य वस्तुको आयात ४० दशमलव ८६ प्रतिशतले बढेर २८ करोड २३ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आयात २० करोड सात लाख रुपैयाँ बराबर थियो। तिहारअघि निश्चित समयमै माला विदेश पुर्याउनुपर्ने भएकाले संकलनदेखि निर्यातसम्मको प्रक्रिया व्यवस्थित हुनुपर्छ। यस अवधिमा नेपालबाट भने १५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्रै फूल निर्यात भएको तथ्याङ्क छ। आन्तरिक बजारमा माग बढिरहेको र उत्पादनको सम्भावना हुँदाहुँदै पनि आयातको तुलनामा निर्यात निकै न्यून हुनु उत्पादन र बजार व्यवस्थापनमा सुधार गर्नुपर्ने संकेत हो। मखमली मालाको निर्यातले अन्तर्राष्ट्रिय बजारको सम्भावना देखाए पनि त्यसलाई दिगो बनाउन नियमित आपूर्ति, गुणस्तरको एकरूपता, प्याकेजिङ र ढुवानी व्यवस्थापन आवश्यक हुन्छ। तिहारअघि निश्चित समयमै माला विदेश पुर्याउनुपर्ने भएकाले संकलनदेखि निर्यातसम्मको प्रक्रिया व्यवस्थित हुनुपर्छ। तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुकी महिला मखमली फूलको माला बिक्रीका लागि तयार पार्दै। तस्बिरः रासस प्रदर्शनीमा ४५० प्रजातिका फूल फूलको बजार र व्यावसायिक सम्भावना देखाउने अर्को माध्यम पुष्प प्रदर्शनी पनि हो। तिहार र छठलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक स्टल हुन्। फूल लामो समय ताजा राख्न नसकिने भएकाले उत्पादन भएको समयमा बजार नपाउँदा खेर जाने वा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ। प्रदर्शनीमा गोदावरी, सयपत्री, मखमली, अर्किडलगायत ४५० भन्दा बढी प्रजातिका फूल तथा सजावटी बिरुवा राखिएका छन्। बीउ, मल, गमला र पुष्पखेतीमा प्रयोग हुने सामग्री पनि बिक्रीका लागि उपलब्ध छन्। फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार प्रदर्शनीमा करिब ४० हजार दर्शक सहभागी हुने र डेढ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। उत्कृष्ट फूल तथा बिरुवा उत्पादकलाई विभिन्न विधामा पुरस्कृत गर्ने कार्यक्रमसमेत राखिएको छ। तिहारका लागि बिक्री गर्न भक्तपुरको सूर्यविनायकमा मखमली फूलको माला तयार गरिँदै। तस्बिरः रासस बजार र भण्डारणको समस्या फूलखेती विस्तार हुँदै गए पनि किसानले उत्पादन गरेको फूल सहज रूपमा बजारसम्म पुर्याउन सकेका छैनन्। फूल लामो समय ताजा राख्न नसकिने भएकाले उत्पादन भएको समयमा बजार नपाउँदा खेर जाने वा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ। चाडपर्वमा माग बढ्ने र अन्य समयमा बजार खुम्चिने प्रवृत्तिले किसानको आम्दानीलाई पनि अनिश्चित बनाएको छ। पुष्प व्यवसाय नीति, २०६९ लाई समयअनुकूल परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग पनि उठ्दै आएको छ। शीतभण्डार, संकलन केन्द्र, ढुवानी र बिक्री वितरणको व्यवस्थित सञ्जाल नहुँदा समस्या थपिएको छ। कुन समयमा कुन प्रजातिको फूल कति उत्पादन गर्ने, उत्पादित फूल कसरी सुरक्षित राख्ने र उपभोक्तासम्म कसरी पुर्याउने भन्ने विषयमा योजना आवश्यक छ। विशेषगरी कट फ्लावर र सजावटी फूलका लागि उपयुक्त भण्डारण र ढुवानी व्यवस्था महत्त्वपूर्ण हुन्छ। व्यवसायीले गुणस्तरीय बीउबिजन र बिरुवा, आधुनिक खेती प्रविधि, प्राविधिक तालिम तथा बजार सुनिश्चिततालाई पुष्प व्यवसायका आधारभूत आवश्यकता मानेका छन्। पुष्प व्यवसाय नीति, २०६९ लाई समयअनुकूल परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग पनि उठ्दै आएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुकी महिला मालाका लागि मखमली फूल टिप्दै। तस्बिरः रासस स्वदेशी उत्पादनलाई प्राथमिकता दिन बजार व्यवस्थापन र आयात अनुगमन प्रभावकारी बनाउनुपर्ने व्यवसायीको भनाइ छ। आयात पूर्ण रूपमा रोक्नुभन्दा स्वदेशी फूलको गुणस्तर र परिमाण बढाएर प्रतिस्पर्धी बनाउनु आवश्यक छ। होटल, रेस्टुरेन्ट, सभा समारोह, विवाह, कार्यालय सजावट तथा धार्मिक र सांस्कृतिक कार्यक्रममा फूलको नियमित माग सिर्जना गर्न सके चाडपर्वमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम हुन सक्छ। किसानले उत्पादनको उचित मूल्य नपाउनु, बजार र भण्डारणको अभाव तथा आयातको तुलनामा निर्यात न्यून रहनुले यसको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको देखाउँछ। निर्यातका लागि मखमली मालासँगै सजावटी फूल, कट फ्लावर, नर्सरीका बिरुवा र फूलजन्य सामग्रीको बजार खोज्न सकिन्छ। यसका लागि अन्तर्राष्ट्रिय बजारको माग र गुणस्तरबारे किसान तथा व्यवसायीलाई जानकारी दिनुका साथै विदेशस्थित नेपाली समुदाय, आयातकर्ता र व्यापारिक सञ्जालसँग सहकार्य गर्नुपर्ने देखिन्छ। नवलपरासी-बर्दघाट (सूस्तापूर्व) को गैँडाकोट नगरपालिका-१ मा व्यावसायिक रुपमा गरिएको सयपत्री फूलखेती। तस्बिरः रासस नेपालमा फूलको उत्पादन, कारोबार र रोजगारी बढिरहेको छ। तिहारको पाँच दिनमा मात्रै ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने क्षेत्रले तीन अर्ब रुपैयाँभन्दा बढीको वार्षिक व्यापार गरिरहेको छ। तर किसानले उत्पादनको उचित मूल्य नपाउनु, बजार र भण्डारणको अभाव तथा आयातको तुलनामा निर्यात न्यून रहनुले यसको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको देखाउँछ। व्यवस्थित गर्न सके फूलखेती सजावट र चाडपर्वको आवश्यकतामा मात्र सीमित नरही दिगो आम्दानी र रोजगारीको आधार बन्न सक्छ। फूलको अर्थतन्त्र बलियो बनाउन उत्पादन बढाउनु मात्रै पर्याप्त हुँदैन। किसानले उचित मूल्य पाउने, बजार सुनिश्चित हुने र गुणस्तरीय उत्पादन स्वदेशदेखि विदेशसम्म पुर्याउन सकिने व्यवस्था चाहिन्छ। उत्पादनदेखि बिक्री र निर्यातसम्मको शृङ्खला व्यवस्थित गर्न सके फूलखेती सजावट र चाडपर्वको आवश्यकतामा मात्र सीमित नरही दिगो आम्दानी र रोजगारीको आधार बन्न सक्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

वर्षा रोकिएपछि कुलेखानी जलाशयमा टर्यो खतरा
मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम सुस्त भएको छ। लगातारको वर्षा रोकिएर घाम लाग्न थालेसँगै जलाशयमा पानीको सतह बढ्ने क्रम घटेको हो। आज बिहान ७ बजेको मापनअनुसार जलाशयको जलसतह १५२८.६७ मिटर पुगेको छ। यसअघि वर्षा नरोकिँदा जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि बाँधमा पानीको सतह व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सतर्कता अपना... ...

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
• डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै इलाममा सत्याग्रह गर्दा स्वास्थ्य समस्या देखिएको छ। • उनको स्वास्थ्य अवस्था कमजोर भएपछि इलाम अस्पतालमा भर्ना गरिएको छ, जहाँ रगतमा चिनीको मात्रा घटेको र बोल्नमा कठिनाइ भएको छ। • स्वास्थ्यकर्मीको टोलीले उनलाई सत्याग्रहस्थलबाट अस्पतालमा ल्याएको र थप उपचारको लागि निगरानीमा राखिएको छ। ...

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुंगामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनामा जनाइएको काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको […] ...

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। ...


