Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्‍याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा नहर निर्माण भएको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुन सकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीले भारतले टनकपुरबाट नहरमा पानी न छोड्दा नहर बने पनि यहाँका किसानले सिँचाइ सुविधा पाउन नसकेको बताए। “निर्माण सम्पन्न भएको नहरमा चार वर्षअघि नै परीक्षणसमेत भइसकेको हो, त्यसपछि भारतीय पक्षले नहरमा पानी छोडेको छैन”, उनले भने, “पाँच हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउने संरचना तयारी अवस्थामा छन् ।” चार वर्षअघि उक्त नहर परीक्षणका क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन । निर्देशक मरासिनीले टनकपुरबाट पानी छोड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी)ले पानी छोड्न नमानेको बताए । “यसका लागि माथिल्लो निकायबाट पहल हुन जरुरी छ, हामीले पटकपटक पहल गरिरहेका छौँ”, आयोजना निर्देशक मरासिनीले भने, “यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ ।” टनकपुरस्थित एनएचपीसीका कर्मचारीले दिल्लीको आदेश आउनेबित्तिकै पानी छोड्छौँ भन्ने जवाफ आयोजना कार्यालयलाई दिने गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाउन सके नेपालले महाकाली सन्धिअनुसार महाकाली नदीबाट पानी पाउने अपेक्षा गरिएको छ । “माथिल्लो निकायबाट कूटनीतिक पहल भए नहरमा पानी सञ्चालन हुनेमा हामी आशावादी छौँ”, आयोजना निर्देशक मरासिनीले भने, “केही दिनअघिमात्रै दुवै देशका अधिकारीबीच यस विषयमा काठमाडौँमा छलफल भएको छ ।” उनले मन्त्रालय र भारतीय पक्षले मागेका सूचनासमेत उपलब्ध गराएको बताउँदै नहरमा छिट्टै पानी सञ्चालन हुनेमा आशावादी रहेको बताए। महाकाली सन्धि सम्झौताअनुसार भारतीय पक्षले टनकपुरबाट नेपालको सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ । सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्युसेक र वर्षात्मा एक हजार क्युसेक पानी नेपालले पाउनुपर्ने उल्लेख छ । आव २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माणकार्यले गति लिन सकेको थिएन । सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको थियो । लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म रु १० अर्ब ७४ करोड बजेट खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ । महाकाली सिँचाइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

वर्षा रोकिएपछि कुलेखानी जलाशयमा टर्‍यो खतरा
ताजा खबरJust now

वर्षा रोकिएपछि कुलेखानी जलाशयमा टर्‍यो खतरा

मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम सुस्त भएको छ। लगातारको वर्षा रोकिएर घाम लाग्न थालेसँगै जलाशयमा पानीको सतह बढ्ने क्रम घटेको हो। आज बिहान ७ बजेको मापनअनुसार जलाशयको जलसतह १५२८.६७ मिटर पुगेको छ। यसअघि वर्षा नरोकिँदा जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि बाँधमा पानीको सतह व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सतर्कता अपना... ...

नेपालखबर
२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
ताजा खबरJust now

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

• डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै इलाममा सत्याग्रह गर्दा स्वास्थ्य समस्या देखिएको छ। • उनको स्वास्थ्य अवस्था कमजोर भएपछि इलाम अस्पतालमा भर्ना गरिएको छ, जहाँ रगतमा चिनीको मात्रा घटेको र बोल्नमा कठिनाइ भएको छ। • स्वास्थ्यकर्मीको टोलीले उनलाई सत्याग्रहस्थलबाट अस्पतालमा ल्याएको र थप उपचारको लागि निगरानीमा राखिएको छ। ...

नेपालबहस
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
ताजा खबरJust now

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुंगामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनामा जनाइएको काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको […] ...

लोकपथ
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ताजा खबरJust now

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play