काठमाडौँ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ। यस विषयमा उजुरी परेपछि समितिको आजको बैठकमा भएको छलफलपछि यस्तो निर्देशन दिइएको हो। समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित कागजात सात दिनभित्र समितिमा पेस गर्न प्राधिकरणलाई निर्देशन दिए। लोकतन्त्रका मूल्य, मान्यता, विधि, प्रणाली, पद्धति र प्रक्रियाअनुसार काम भए–नभएको अध्ययन गर्न कागजात मागिएको सभापति खड्काले बताए। आवश्यक कागजात अध्ययन गरेपछि समितिले आफ्नो कार्यक्षेत्रका आधारमा काम गर्ने उनले स्पष्ट पारे। समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालत नभएकाले आफ्नो कार्यक्षेत्रभित्र रहेर काम गर्ने प्रतिबद्धता पनि सभापति खड्काले जनाए। बैठकमा सांसद मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न काममा पटकपटक एउटै कम्पनीलाई ठेक्का दिएको, डिजिटल तथ्याङ्कको सुरक्षाको सुनिश्चितता नभएको र विस्थापित हुन लागेको प्रविधि नेपालमा भित्र्याउन खोजिएको हो कि भन्ने प्रश्न उठाएका थिए।
डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणालीका कागजात सात दिनभित्र बुझाउन निर्देशन

Read Complete Original Article
Published originally on नेपालन्युज





