डा. केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा

काठमाडौं।शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ। उक्त मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले डा. केसीसँग पछिल्लो पटक गत साउन ११ गते कार्यान्वनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै चिकित्सा शिक्षा ऐन, २०७५ र त्यसअन्तर्गतका नियमावली तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत चिकित्सा शिक्षालाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरे। उक्त ऐनले चिकित्सा शिक्षा आयोगको स्थापना, साझा प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति तथा शिक्षण संस्थाको सिट निर्धारण, गुणस्तर मापदण्ड र शुल्क नियमनलगायतका व्यवस्था गरेको छ। साथै ऐनले चिकित्सा शिक्षाको पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गरेको छ। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ तथा अन्य नीतिगत व्यवस्थाको कार्यान्वयनबाट चिकित्सा शिक्षामा निःशुल्क तथा छात्रवृत्तिको अवसर विस्तार, समावेशी सहभागिता र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुगेको छ। साथै, उक्त मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा भएका उपलब्धि र सुधारका विषयलाई संस्थागत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सवारी दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु
पत्रकार पोषकान्त पोखरेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा शुक्रबार भएको दुर्घटनामा ४२ वर्षीय पोखरेलको मृत्यु भएको हो। उनी ललितपुरबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकमा कार्यरत थिए। हुलाकी सडकखण्डमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सु प्र ०१–०... ...

भोटेकोशी बाढीको असर : स्याफ्रुमा पुल छैन, बारीमै कुहिँदै तरकारी
आमाछोदिङमो क्षेत्रमा रहेका ट्रकको महँगो भाडा, मानिसले बोकेरै भोटेकोशी पार गराउनुपर्ने बाध्यता र स्याफ्रुपारिबाट गाडीमा काठमाडौं तथा चितवन पुर्याउँदा लाग्ने महँगो ढुवानी खर्चले किसानलाई थप समस्यामा पारेको छ । ...

‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ हुँदै
काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (नान) ले ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ गर्ने भएको छ । नर्सरी व्यवसायी संघ नेपालले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि “तिहारको उत्सव, स्वदेशी फुलको महोत्सव” भन्ने नाराका साथ पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको प्रदर्शनी गर्ने भएको हो । मेला २०८३ कार्तिक १७ गते देखि कार्तिक २१ गते ...

दुई दिने आदिवासी साहित्य महोत्सवको तयारी
धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १३ गते । सप्तरीको सप्तकोशी नगरपालिका –५ गंगाजलीमा दुई दिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को तयारी गरिएको छ । कात्तिक १४ र १५ गते शनिबार र... ...


