ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैंको टीका

काठमाडौं।नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैंको टीका र जमरा लगाएका छन्। नेपालीको महान् पर्व बडादसैंका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौं इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै उनीहरुले दसैं मनाएका हुन्। नेपाल भ्रमणमा आएका पर्यटकका लागि बडादसैंको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर बनेको छ। पछिल्लो समय विदेशी पर्यटकले नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर नेपाली संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सव मनाउने गरेका छन्। नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य एवम् काठमाडौं इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए। ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैंले नेपाली र विदेशीबीच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता- अशोकको ११ औँ जीत
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाएका छन्। सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले बडादसैँको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औँ पटक उपाधि जितेर इतिहास बनाएका हुन्। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी २२ जनामध्... ...

लेखनाथ न्यौपानेलाई प्रश्न : कहिल्यै जस नपाइने यो राजनीतिमा किन आउनुभयो ?
लेखनाथ न्यौपाने वौद्धिक र अध्ययनशील नेता मानिन्छन् । स्पष्ट विचार, मार्क्सवादी दर्शनमा गहिरो अध्ययन तथा सरल जीवन शैलीका कारण लोकप्रिय छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रहेका उनी... ...

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी
रबिन्द्र प्रताप गुप्ता रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत […] ...

नेपालगन्जमा हिन्दु–मुस्लिमले सँगै मनाए दसैँ, धार्मिक सद्भावको परम्परा कायम
काठमाडौं । नेपालगन्ज । धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायले एकअर्काका चाडपर्वमा सहभागी हुँदै आपसी सद्भाव र भाइचाराको सन्देश दिएका छन् । बडादसैँको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दसैँ मनाएका छन् । नेपालगन्जमा लामो समयदेखि दुवै समुदायले एकअर्काका चाडपर्व मिलेर मनाउँदै आएका छन् । मुस्लिम समुदायका अगुवाहरूले दसैँमा टीका ...


