ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादशैंको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरूले मनाएका हुन् । नेपाल भ्रमणमा आएका पर्यटकका लागि बडादसैँको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर बनेको छ । पछिल्लो समय विदेशी पर्यटकले नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर नेपाली संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सव मनाउने गरेका छन् । नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य एवम् काठमाडौँ इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैँले नेपाली र विदेशीबीच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्
स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैंको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दशैं मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित ...

वीरगञ्जको क्यासिनोमा प्रहरीको छापा, पाँच जना पक्राउ
पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मंगलवार साँझ करिब ७:३० बजे क्यासिनोमा छापा मार्दा उनीहरू जुवा खेल्ने ...

चार दशकदेखि नताेडिएकाे बैकुण्ठ मानन्धरको कीर्तिमान
खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनु मात्रै राज्यको जिम्मेवारी पूरा हुनु होइन । उनीहरूलाई नियमित प्रशिक्षण, आवश्यक पोषण, प्रतिस्पर्धाका अवसर र भविष्यप्रतिको भरोसा दिनुपर्छ । ...

उपराष्ट्रपतिले गरे बडादशैंको टीका ग्रहण
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरूलाई पनि टीका प्रदान गरेका थिए। ...


