ट्रम्पले भने- इरानमाथि आक्रमण वा भव्य सम्झौता हुन सक्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारसम्म इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने वा तेहरानसँग ‘ठूलो र भव्य’ सम्झौता हुन सक्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही गर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताए । उनले आक्रमण गर्नेबारे अन्तिम निर्णय भइसकेको छ वा छैन भन्ने स्पष्ट पार्न अस्वीकार गरे । यद्यपि, उनले इरानसँग कूटनीतिक सम्झौता गर्ने सम्भावना पनि खुला रहेको संकेत गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले सैन्य कारबाहीबारे विचार गरिरहेको बताए । तर, आक्रमण गर्ने विषयमा अन्तिम निर्णय भइसकेको छ कि छैन भन्ने खुलाउन अस्वीकार गरे । इरानले सम्भावित सम्झौता पालना गर्छ कि गर्दैन भन्नेमा पनि उनले आशंका व्यक्त गरे । इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु आफ्नो मुख्य उद्देश्य रहेको ट्रम्पको भनाइ थियो । यसअघि भएका अमेरिकी सैन्य कारबाहीले स्थायी नतिजाको सुनिश्चितता नगरेको उल्लेख गर्दै उनले आगामी कदमबारे निश्चित समयसीमा भने तोकेनन् । उनका अनुसार अमेरिका सैन्य कारबाही अघि बढाउने वा सम्झौता गर्ने विकल्पमध्ये एकमा जान सक्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...

बाढीपहिरो प्रभावित म्याग्दीका सबै स्थानमा विद्युत् आपूर्ति नियमित
पाउद्वारमा हेलिकोप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको छ । ...

दूधको मूल्यमा किसान मारमा
दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण ...

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...


