Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ट्रम्पमाथि स्विस मोडलले लगाइन् बलात्कारकाे आरोप

ट्रम्पमाथि स्विस मोडलले लगाइन् बलात्कारकाे आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पमाथि स्विस मोडलले लगाइन् बलात्कारकाे आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहार, यौन आक्रमण र बलात्कारलगायतका आरोप लगाउने ११ महिलाको बयान अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको न्यायिक समितिका डेमोक्र्याट सदस्यहरूले सार्वजनिक गरेको प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनअनुसार पाँच महिलाले बलात्कार वा यौन आक्रमणको आरोप लगाएका छन् । तर ह्वाइट हाउसले भने सबै आरोप अस्वीकार गर्दै प्रतिवेदनलाई राजनीतिक उद्देश्यबाट प्रेरित प्रयास भनेको छ । प्रतिवेदनमा स्विट्जरल्यान्डकी पूर्व मोडल तथा सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धी बिएट्रिस केउलको आरोप विशेष रूपमा उल्लेख गरिएको छ । उनले सन् १९९३ नोभेम्बरमा न्युयोर्कस्थित प्लाजा होटलमा ट्रम्पले आफूलाई बलात्कार गरेको दाबी गरेकी छन् । केउलका अनुसार सन् १९९३ मा ट्रम्पद्वारा आयोजित ‘अमेरिकन ड्रीम पेजेन्ट’सँग सम्बन्धित कार्यक्रममा उनको ट्रम्पसँग भेट भएको थियो । त्यसबेला २४ वर्षकी रहेकी उनले ट्रम्पले अमेरिकाको भिसा प्राप्त गर्न र न्युयोर्क विश्वविद्यालयमा अध्ययन गर्न सहयोग गर्ने आश्वासन दिएको बताएकी छन् । उनको दाबीअनुसार सोही कार्यक्रममा यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँग पनि भेट भएको थियो । एपस्टिनले आफूलाई ट्रम्पको निकट साथीका रूपमा परिचय दिएको र पार्टीमा सहभागी हुन निम्तो दिएको उनले बताएकी छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यक्रमपछि ट्रम्पका एक प्रतिनिधिले उनलाई होटलको कोठामा भेट्न बोलाएका थिए । शैक्षिक तथा व्यावसायिक अवसरबारे छलफल हुने अपेक्षासहित आफू त्यहाँ पुगेको केउलको भनाइ छ । तर, कोठामा ट्रम्पले पछाडिबाट समातेर बलात्कार गरेको र आफू घाइते भएको उनको आरोप छ । केउलले घटनापछि ट्रम्पले आफूलाई सहयोग गर्ने आश्वासन दोहोर्‍याउँदै घटनाबारे कसैलाई नबताउन दबाब दिएको दाबी गरेकी छन् । उनले ट्रम्पले ‘कार्यक्रम चलिरहनुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएको पनि बताएकी छन् । त्यसपछि स्विट्जरल्यान्ड फर्किएकी उनले ट्रम्पले पछि पनि सम्पर्क गरेर सहयोगको प्रस्ताव दोहोर्‍याएको तर आफूले अस्वीकार गरेको बताएकी छन् । केउलले यसअघि सन् २०२४ मा सार्वजनिक रूपमा ट्रम्पमाथि आफूलाई जबर्जस्ती चुम्बन गर्ने र शरीरमा अनुचित रूपमा छुने गरेको आरोप लगाएकी थिइन् । तर, त्यसबेला उनले बलात्कारको आरोप लगाएकी थिइनन् । पछिल्लो प्रतिवेदनमा भने उनले पहिलोपटक सार्वजनिक रूपमा बलात्कारको आरोप लगाएको उल्लेख छ । उनले लामो समयसम्म धम्की र दबाबको डरले आफ्ना अनुभव सार्वजनिक गर्न नसकेको बताएकी छन् । प्रतिवेदनका अनुसार केउलको बयान समितिका कर्मचारीले गरेको अन्तर्वार्तामा आधारित छ । घटनाको समयमा होटलको कोठामा के भएको थियो भन्ने प्रत्यक्षदर्शीको बयान प्रतिवेदनमा उल्लेख छैन । सन् १९९३ मा ट्रम्पसँग खिचिएको एउटा तस्बिर पनि समावेश गरिएको छ, जसले उनीहरूबीच भेट भएको देखाए पनि कथित यौन आक्रमण पुष्टि गर्दैन । उनले विगतमा आफ्नो अनुभव सुनाएको बताउने केही व्यक्तिका भनाइ र अन्य घटनासँगका समानतालाई पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । यता ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले आरोप अस्वीकार गर्दै प्रतिवेदनलाई अमेरिकी जनताको ध्यान अन्यत्र मोड्ने राजनीतिक प्रयास भनेकी छन् । ट्रम्पले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । यसअघि सन् २०२४ मा ट्रम्पको चुनावी अभियानले पनि केउलका प्रारम्भिक आरोपलाई असत्य भनेको थियो । न्यायिक समितिका शीर्ष डेमोक्र्याट सदस्य जेमी रस्किनको नेतृत्वमा तयार पारिएको प्रतिवेदनमा ट्रम्प र एपस्टिनबीचको कथित सम्बन्धबारे अनुसन्धान गर्न न्याय मन्त्रालयलाई स्वतन्त्र विशेष अभियोजक नियुक्त गर्न माग गरिएको छ । डेमोक्र्याटहरू प्रतिनिधिसभामा अल्पमतमा रहेकाले उनीहरूले मात्र यस्तो नियुक्ति अनिवार्य गराउन सक्दैनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पोखराका कप्तान भुर्तेल आउट
ताजा खबरJust now

पोखराका कप्तान भुर्तेल आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल आउट भएका छन् । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका हुन् । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र... ...

रातोपाटी
फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
ताजा खबरJust now

फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं।काठमाडौं, दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमार रहेका छन्। कुमारलाई ३२२ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित लाई बुधबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २०२३ नम्बरको सुमोमा सवार उनलाई लागुऔषधसहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ। यस्तै, धनुषा, ...

नेपालन्युज
खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह
ताजा खबरJust now

खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह

वासिङ्टन डीसी । अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ‘वाल स्ट्रिट जर्नल’... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play