Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ट्रम्पद्वारा ले पेनको प्रशंसा

ट्रम्पद्वारा ले पेनको प्रशंसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पद्वारा ले पेनको प्रशंसा

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्। तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उनलाई समर्थन गर्ने विषयमा भने ट्रम्पले स्पष्ट धारणा व्यक्त गरेनन्। अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले फ्रान्सको अशान्तिलाई आप्रवासन र वामपन्थी राजनीतिविरुद्ध आफ्नो धारणा राख्ने अवसरका रूपमा प्रस्तुत गर्दै आएका छन्। ले पेनलाई समर्थन गर्नु हुन्छ कि भनेर पत्रकारले सोध्दा ट्रम्पले आफूले उनलाई नभेटेको बताउँदै उनीमाथि अन्याय भएको जस्तो लागेको उल्लेख गरे। सन् २०२५ मार्चमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएकी ५८ वर्षीया ले पेनलाई सुरुमा पाँच वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको थियो। तर यस वर्ष पुनरावेदन अदालतको निर्णयले उनलाई सन् २०२७ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ। आफैले पनि अमेरिकी न्याय प्रणाली राजनीतिक उद्देश्यका लागि प्रयोग भइरहेको आरोप लगाउँदै आएका ट्रम्पले ले पेनको मुद्दालाई त्यही सन्दर्भमा जोडे। उनले हालै दक्षिण अमेरिकाका निर्वाचनमा आफूले समर्थन गरेका दक्षिणपन्थी नेताहरूको सफलताको पनि उल्लेख गरे। फ्रान्सको अशान्तिबारे ट्रम्पले भने, “त्यो सामान्य दङ्गा वा विरोध प्रदर्शन थिएन, क्रान्ति जस्तै थियो र अझै जारी छ।” यसअघि कान्सासमा आयोजित चुनावी सभामा उनले फ्रान्स आप्रवासी, जिहादी र कम्युनिस्टहरूबाट कब्जा गरिएको, लुटिएको र जलाइएको आरोप लगाएका थिए । –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

उपत्यकाका सडकमा सवारी चाप बढ्दै
ताजा खबरJust now

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा ...

नेपालन्युज
एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए
ताजा खबरJust now

एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए

काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का सम्पूर्ण खेललाई आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी अक्टोबर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play