Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङका लागि प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन । यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइनेछ । घोषणापत्रअनुसार, अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ । घोषणापत्रमा भन्सार महसुलको दायरामा गरिएको परिवर्तनले अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउने उल्लेख छ । साथै, यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी गरिएको छ । ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा गरेको भनिएको भेदभावपूर्ण र अनुचित व्यवहारको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको तर्क गरेको छ । यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए । अमेरिकी कदमको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो । क्यानाडाको उक्त प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो । दुवै देशबीचको भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ । -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत
ताजा खबरJust now

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत

कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्। बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै... ...

रातोपाटी
मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह
ताजा खबरJust now

मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसम बदली हुनसक्ने संकेत देखिएको भन्दै किसानलाई मंगलबारभित्र धानबाली भित्र्याउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म देशको मौसम प्रभावित हुनसक्ने विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेखनीय वर्षा भएको छैन। हाल मौसम सामान्य रहे ...

नेपालन्युज
कोदो टिप्न व्यस्त किसान, तस्बिरहरू
ताजा खबरJust now

कोदो टिप्न व्यस्त किसान, तस्बिरहरू

गोरखा। बडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो। गाउँघरमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play