मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसम बदली हुनसक्ने संकेत देखिएको भन्दै किसानलाई मंगलबारभित्र धानबाली भित्र्याउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म देशको मौसम प्रभावित हुनसक्ने विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेखनीय वर्षा भएको छैन। हाल मौसम सामान्य रहे पनि आगामी दिनमा मौसमी प्रणालीमा परिवर्तन आउनसक्ने देखिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार आगामी कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि अन्य क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको उनले बताए। उनका अनुसार कात्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्छ। यद्यपि, उक्त प्रणालीका कारण कति वर्षा हुन्छ र त्यसको प्रभाव कुन क्षेत्रमा कस्तो पर्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ। मौसममा हुनसक्ने परिवर्तनलाई ध्यानमा राख्दै विभागले किसानलाई अनुकूल मौसमको सदुपयोग गरी मंगलबारभित्रै धान काट्ने तथा बाली भित्र्याउने काम सम्पन्न गर्न सुझाव दिएको छ। सम्भावित वर्षाले कृषि उत्पादनमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको हो। यसैगरी, मौसम परिवर्तनले पर्यटन, बाह्य कार्यक्रम तथा खेलकुद गतिविधिमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ। सञ्चालनको तयारीमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) पनि सम्भावित मौसम बदलीबाट प्रभावित हुनसक्ने देखिएको छ। विभागले कात्तिक ८ गतेपछि भ्रमण, बाह्य कार्यक्रम तथा कृषि कार्यको योजना बनाउँदा मौसमको अवस्थालाई ध्यान दिन र नियमित रूपमा अद्यावधिक मौसमी सूचना लिन सर्वसाधारणलाई आग्रह गरेको छ। मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न वा टोल फ्री नम्बर ११५५ मा फोन गर्न पनि विभागले अनुरोध गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला
• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। • प्रतियोगितामा ११ टोली सहभागी हुनेछन् र ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। • कर्णाली प्रदेशले १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरिसकेको छ, जहाँ उद्घाटन र समापन समारोह हुने छ। ...

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी
काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि सेवा सीमित हुँदा युक्रेनी सेनाको सञ्चार... ...

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ, कात्तिक ७ गते । हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैंअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसु... ...

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर र... ...


