वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ। संघीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार गरेका छन्। ट्रम्पले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन्। उनले कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन्। न्यायाधीश जेफ्री टी कुन्जले मानहानिसम्बन्धी दाबी अघि बढाउन अनुमति दिए पनि फ्लोरिडाको उपभोक्ता संरक्षण कानूनअन्तर्गतको दाबी खारेज गरेका छन्। बिबिसीले वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ, तर ट्रम्पलाई वास्तविक क्षति पुगेको दाबी अस्वीकार गर्दै आएको छ। फैसलापछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ भनेका छन्। उनले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध लडिरहने बताएका छन्। यसअघि अदालतले उनलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो। तोकिएको समयमा उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनी समेत दिइएको छ। –रासस /एएफपी
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने

Read Complete Original Article
Published originally on नेपालन्युज






