ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट । फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उहाँकी धर्मपत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गत दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना२त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा प्रहरी जवान चौधरीको निधन भएको र घाइते अवस्थामा रहकी श्रीमती खड्काको उपचारपछि स्वास्थ्यमा सुधार भएको छ । मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल लगी उपचार गर्ने क्रममा प्रहरी जवान चौधरीको राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित हुन प्रहरीको मौखिक निर्देशन
काठमाडौं । प्रहरी टोलीले नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई भोलि बिहान १० बजे ब्यूरोमा उपस्थित हुन मौखिक निर्देशन दिएको छ। शुक्रबार नयाँ पत्रिकाको कार्यालयमै पुगेको प्रहरी टोलीले पत्रकार मैनालीलाई उपस्थित... ...

कांग्रेस महाधिवेशनको खर्च नगरबाट निकाल्न खोजेको आरोप, प्रमुख प्रशासकीय अधिकृतले छाडे भोजपुर
भोजपुर- नेपाली कांग्रेसको जिल्ला अधिवेशन र १५औँ महाधिवेशनमा लागेको खर्च भोजपुर नगरपालिकाबाट भुक्तानी गराउन खोजिएको विषयले विवाद चर्किएको छ। भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले पार्टीको अधिवेशनमा आफू र आफ्नो समूहका कार्यकर्ताका लागि भएको खर्च भन्दै २४ लाख रुपैयाँको बिल पेस गरेपछि प्रमुख प्रशासकीय अधिकृत विवेक घिमिरेसँग विवाद भएको छ। बिल भुक्तानी गर्न अस्वीकार गरेपछि मेयर […] ...

पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री
प्रहरीले पत्रकारहरु विश्वमणि सुवेदी, शोभराज बराललगायतलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो । ...

सञ्चारमन्त्री तिमिल्सिनाले भने,‘आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्’
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । प्रहरीले आज एकाएक मिडियाका कार्यालयमा प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको थियो । चौथर्फी विरोधपछि पक्राउ परेका पत्रकारलाई रिहा गरेको हो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की हटाउने विषय र बिचौलियासँग न्यायाधीसको भेटघाटको कुरा बाहिरिएपछि प्रहरीले आज तीन पत्रकारलाई पक्राउ गरेको थियो भने थप पत्रकारलाई ...


