Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सञ्चारमन्त्री तिमिल्सिनाले भने,‘आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्’

सञ्चारमन्त्री तिमिल्सिनाले भने,‘आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्’

10/30/2026, 8:18:20 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमन्त्री तिमिल्सिनाले भने,‘आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्’

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । प्रहरीले आज एकाएक मिडियाका कार्यालयमा प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको थियो । चौथर्फी विरोधपछि पक्राउ परेका पत्रकारलाई रिहा गरेको हो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की हटाउने विषय र बिचौलियासँग न्यायाधीसको भेटघाटको कुरा बाहिरिएपछि प्रहरीले आज तीन पत्रकारलाई पक्राउ गरेको थियो भने थप पत्रकारलाई पक्राउ गर्न कार्यालयमै प्रहरी परिचालन गरिएको थियो । मन्त्री तिमिल्सिनाले समाजिक सञ्जालमा भनेका छन्, “पक्राउ परेका सबै पत्रकारहरु रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधार स्तम्भ हुन् ।” यो पनि पढ्नुहोस धरपकड रोक्न र पक्राउ परेका पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन,पूर्वजानकारी नभएको स्पष्टोक्ति यो पनि पढ्नुहोस सादा पोसाकका प्रहरीद्वारा पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण यो पनि पढ्नुहोस मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ यो पनि पढ्नुहोस प्रहरीद्वारा नेपाल प्रेसका पत्रकार सुवेदी र माेटिभेट न्युजका बराल पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत
ताजा खबरJust now

निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत

झापा । सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर नयाँ ठेक्का स्वीकृत गरेको छ । झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रबिसम्म जोड्ने सडकको २५.५ किलोमिटर खण्डको... ...

रातोपाटी
वरिष्ठ पत्रकार हरिबहादुर थापाको विश्लेषण : रास्वपा र सरकारबीचको सम्बन्धमा गम्भीर समस्या आइसकेको छ
ताजा खबरJust now

वरिष्ठ पत्रकार हरिबहादुर थापाको विश्लेषण : रास्वपा र सरकारबीचको सम्बन्धमा गम्भीर समस्या आइसकेको छ

काठमाण्डु– वरिष्ठ पत्रकार हरिबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको आन्तरिक द्वन्द्वको मारमा सञ्चारमाध्यम र पत्रकारहरू परेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीचको मतभेदका कारण राज्यका निकायबाट पत्रकारमाथि धरपकड भएको उनको विश्लेषण छ। नयाँ सरकार गठन भएयता सञ्चारमाध्यमका कार्यालयमै प्रहरी पुग्ने र पत्रकारलाई पक्राउ गर्ने क्रम बढेको उनी बताउँछन् […] ...

काठमाण्डुपाटी
भोटेकोशी बाढीपीडितले अझै पाएनन् १५ हजार रुपैयाँ घरभाडा
ताजा खबरJust now

भोटेकोशी बाढीपीडितले अझै पाएनन् १५ हजार रुपैयाँ घरभाडा

मन्त्रिपरिषद्ले निर्णय गरेको १५ हजार रुपैयाँ भाडा अनुदान दुई महिना बित्दा पनि बाढीपीडितको खातामा नपुर्‍याएको सरकारले दातृ निकाय र संघसंस्थाले उपलब्ध गराएको आपत्कालीन सहायता देखाउँदै रकम निकासामा अलमल गरिरहेको छ । ...

कान्तिपुर
सञ्चारगृहमा पत्रकारमाथि धरपकड
ताजा खबरJust now

सञ्चारगृहमा पत्रकारमाथि धरपकड

समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत निरूपण गर्ने ठाउँ हुँदाहुँदै गरिएको धरपकडप्रति सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले‍ विरोध गरिरहेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play