काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी रिहा हुने भएका छन् । काठमाडौं । जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । रायमाझीले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । संसोधित कैदी पुर्जी अनुसार रायमाझी कार्तिक २६ मा छुट्ने भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायामाझी दोषी ठहर भएका थिए । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो । सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाएका हुन् । उनी कार्तिक २५ मा ६५ वर्ष पूरा हुँदै छन् । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था छ । The post टोपबहादुर रायमाझी कार्तिक २६ मा रिहा हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
टोपबहादुर रायमाझी कार्तिक २६ मा रिहा हुने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






