टीकाविहीन दसै

चितवन।स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैंको टीका लगाउन पाउँदैनन्। कतिपय कार्य व्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन्। कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैं मनाउन पाएका हुँदैनन्। स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैंको टीका थाप्नबाट बञ्चित हुन्छन्। अरुको दसैंलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेका घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउँछन्। उनले भने, “सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं । यो कति बर्ष भन्ने होइन कि कैयौं बर्षसम्म पनि यस्तै हुने गरेको छ।” संवेदनशील जिल्लाहरुमा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उनले बताए। जिम्मेवारी लिएकाले विदा पाउँदैनन्। अन्यले मिलाएर न्यूनतम संख्या मात्रै परिवारसँग दसैं मनाउने उनले जानकारी दिए । यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले दसैं मनाउन पाउँदैनन्। त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरुले पनि विदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउँछन्। चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डको हुने भएको विदा नपाउने उनको भनाइ छ। उनले भने, “चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ।” भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दसैंको टीका थाप्न नपाउने बताउँछन्। बहिरङ्ग सेवा बाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी विदा बस्न नपाउने उनको भनाइ छ। उनीहरुले दसैं र तिहार पालो मिलाएर विदा लिने गर्दछन्। बगालेले भने, “जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ।” पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन्। नेपाल नर्सिङ संघ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउँछन्। उनले भने, “दसैं र तिहारमध्ये आलो पालो गरेर विदा मिलाइन्छ।” जसका कारण ५० प्रतिशत नर्सले दसैंमा परिवारसँग टीका थाप्न नपाउने उनको भनाइ छ। विदेशमा ठूलो संख्यामा नेपाली छन्। उनीहरुमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन्। कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दसैँमा नेपाल आउने गर्दछन्। चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपुगेका विष्णु पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताउँछन्। उनले भने, “विदेशमा रहनेले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन्।” यस्तै अन्य क्षेत्रमा पेशा गर्नेहरु पनि टीका लगाउनबाट बञ्चित हुन्छन्। सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन्। आलो पालो गरेर उनीहरुले काम गर्छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपालीलाई क्यासिनोमा जुवा खेलाएको आरोपमा वीरगन्जबाट ५ पक्राउ
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित यो क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो। ...

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
वासिङटन।अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो। मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै ...

अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता
नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण ग्राहक आकर्षित भएका छन्। यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्नका लागि १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको कम्पनीले जनाएको छ। ग्राहकले यो नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका ...

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावलाई मस्कको समर्थन
अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। ...


