Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म टीका लगाइने

टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म टीका लगाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म टीका लगाइने

काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा हुनेहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आशीर्वाद थाप्न जाने गर्दछन् । नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने परम्परा भए पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै निरन्तर चल्ने गर्दछ। नवदुर्गा भवानीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म नै दसैँको टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
ताजा खबरJust now

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्‌बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्‍याएको छ ...

केन्द्रबिन्दु
रुसको डिजेल निर्यात ७७ प्रतिशत घट्यो, विश्वभर इन्धन सङ्कट बढ्ने जोखिम
ताजा खबरJust now

रुसको डिजेल निर्यात ७७ प्रतिशत घट्यो, विश्वभर इन्धन सङ्कट बढ्ने जोखिम

काठमाडौँ । रुसका तेल प्रशोधन केन्द्र र निर्यात संरचनामाथि युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि विश्व बजारमा डिजेलको आपूर्ति प्रभावित भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वले पनि इन्धन आपूर्तिमा दबाब बढाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा डिजेलको उपलब्धता घट्ने र मूल्य उच्च रहने जोखिम बढाएको छ । रिपोर्ट अनुसार, रुसको डिजेल निर्यात गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा करिब ७७ प्रतिशत घटेको छ। व्यापारसम्बन्धी ...

कर्पोरट खबर
बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
ताजा खबरJust now

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध

काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

नेपालन्युज
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
ताजा खबरJust now

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्‌बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्‍याएको छ। धेरै बस्ती पहिरोको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play