Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टाढिएका १० लाख मतदाताको घरमा पुग्ने गगनको योजना

टाढिएका १० लाख मतदाताको घरमा पुग्ने गगनको योजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
टाढिएका १० लाख मतदाताको घरमा पुग्ने गगनको योजना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर संगठनलाई नयाँ ढंगले अघि बढाउने बताएका छन्। स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई अवसर र जिम्मेवारी दिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए। थापाले कांग्रेस चार पुस्ताको पार्टी भएकाले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा, क्षेत्र, जिल्ला, प्रदेशलगायत विभिन्न तहमा जिम्मेवारी पाउन नसकेका नेता–कार्यकर्तालाई पनि पार्टीको विधानअनुसार अन्य जिम्मेवारी दिइने बताए। आफूले पाएको पद स्थायी नभई जिम्मेवारी मात्र भएको उल्लेख गर्दै उनले पार्टीभित्र पदका आधारमा ठूलो–सानो ठान्ने संस्कार अन्त्य गर्नुपर्ने बताए। उनले मंसिर महिनालाई पार्टीको जागरण र संगठन सुदृढीकरणको अभियानका रूपमा अघि बढाउन आग्रह गरे। निर्वाचनमा गुमेको मतभन्दा जनताको विश्वास पुनःस्थापित गर्नु अहिले कांग्रेसको मुख्य चुनौती भएको उनको भनाइ थियो। विश्वास फर्किएपछि मत आफैं आउने भन्दै उनले जनतासँगको सम्बन्ध सुधारमा प्रत्येक नेता तथा कार्यकर्ताले मेहनत गर्नुपर्ने बताए। थापाले कांग्रेसबाट टाढिएका परिवार तथा मतदाताको घरसम्म पुग्ने अभियान सञ्चालन गर्न पनि निर्देशन दिए। मंसिरभित्रै कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित काम गर्नुपर्ने बताउँदै उनले उनीहरूलाई भेटेर पार्टीसँगको दूरीको कारण बुझ्नुपर्नेमा जोड दिए। कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको समीक्षा गर्दै विश्वास गुम्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्ने थापाले बताए। संस्थापक नेताहरूले स्थापित गरेका मूल्य–मान्यताबाट विचलित नभई वर्तमान समयका चुनौती र युवापुस्ताका प्रश्न सम्बोधन गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ थियो। उनले अब आन्तरिक प्रतिस्पर्धाको चरण सकिएकाले सबै एकढिक्का भएर संगठन विस्तार र जनताको विश्वास जित्ने अभियानमा लाग्नुपर्ने बताए। आगामी केन्द्रीय समिति बैठकले पार्टीको भावी योजना तय गर्ने जानकारी दिँदै उनले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्नुपर्ने बताए। थापाका अनुसार अब उम्मेदवार छनोटको काम पनि निर्वाचनको केही समयअघि मात्र गर्ने पुरानो शैलीबाट अघि बढाइने छैन। पुस–माघभित्र उम्मेदवारको प्रारम्भिक प्रक्रिया पूरा गरी तल्लो तहका कार्यकर्ताबाट डिजिटल मतदानमार्फत छनोट गर्ने र निर्वाचनभन्दा दुई–तीन महिनाअघि नै उम्मेदवारलाई मैदानमा पठाउने तयारी कांग्रेसले गरेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो...
ताजा खबरJust now

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो...

कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो। सीमा सुरक्षा गुल्म गड्डाचौकीमा ‘केनाइन शाखा’ नै स्थापना गरी... ...

रातोपाटी
जिल्ला प्रशासन कार्यालय, हुम्लाको फेसलेस सेवा सुरु
ताजा खबरJust now

जिल्ला प्रशासन कार्यालय, हुम्लाको फेसलेस सेवा सुरु

हुम्ला समाचरादाताहुम्ला कात्तिक ९ गते । जिल्ला प्रशासन कार्यालय, हुम्लाले चार प्रकारका सेवा विद्युतीय मुहाररहित (फेसलेस) माध्यमबाट प्रदान गर्न सुरु गरेको छ । कार्यालयले जिल्लाका सा... ...

गोरखापत्र
शेयर बजार घट्नुपर्ने कारण छ र ?
ताजा खबरJust now

शेयर बजार घट्नुपर्ने कारण छ र ?

शेयर बजारमा मूल्य घट्नु भन्दा पनि लगानीकर्ताको मनोबल घट्नु ठूलो समस्या हो । खासगरी अहिलेको अवस्था त्यस्तै हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकार बनेयताको सुरुवाती कदम र कार्यशैलीले आवरणमा शेयर बजारमा त्रासत्री छरेको देखिन्थ्यो । तर समयक्रममा घटित घटनाहरु, अर्थतन्त्रमा देखिएका समस्या, गतिहिनता, थुप्रिएका जनअपेक्षा र सरकारको पनि बढ्दो परिपक्कता एवं अनुभवले बजारमैत्री माहौल सिर्जना दबाब पुग्यो । फलत ...

कर्पोरट खबर
सिक्वेलको व्यापार, किन छैन अपार
ताजा खबरJust now

सिक्वेलको व्यापार, किन छैन अपार

२० करोड रूपैयाँको व्यापार गरेको ‘१२ गाउँ’ को सिक्वेलले यतिबेला प्रदर्शनको १० दिन बितिसक्दा २ करोडको व्यापार पनि गरेको छैन भने १४ करोड कमाएको 'छ माया छपक्कै' को सिक्वेलको हालत पनि गतिलो छैन । न त १३ करोडको व्यापार गरेको ‘आ बाट आमा’को सिक्वेलले नै निर्मातालाई राहत दिने छाँट छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play