जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !

जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए । मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने कार्यलाई प्राथमिकता परेको वडाध्यक्ष बस्नेतको भनाइ छ । बडादसैँ ठूलो चाड भए पनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका–४ का किसान अप्सरा पाण्डेको भनाइ छ । यतिबेला जिल्लाका अधिकांश किसान पाकिसकेको बाली घरमा भित्र्याउन बिहानदेखि बेलुकासम्म काममा खटिरहेको देखिन्छ । यतिबेला फापर, कोदो, सिमी, भटमास, आलुलगायतका बाली थन्क्याउने कामको चटारोमा किसान रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आन्दोलन जारी राख्ने सीजेपी नेताहरूको घोषणा, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग
काठमाडाैँ। भारतको कक्रोच जनता पार्टी (सीजेपी) का नेताहरूले मतदाता सूची विशेष पुनरवलोकन (एसआईआर) विरुद्धको आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। उनीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग गरेका छन्। समाचार... ...

एनपिएल: दक्षिण अफ्रिका डेविड मिलर कर्णालीमा आबद्ध
काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले आज उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा उनले दुई ...

जेलमा हुँदा रविको त्यो भाकल, स्टिभ जब्सदेखि मार्क जुकरवर्गले पाइला टेकेको यो कैँची धाम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार तीन दिने भ्रमणका लागि पश्चिमी सीमा गड्डाचौकी हुँदै भारत गए। रास्वपाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक गत १८ जेठमा भारतको राजकीय भ्रमण गरेका लामिछाने अचानक पाँच महिनापछि फेरि त्यतै हानिएपछि राजनीति वृत्तमा चर्चाको विषय छ। तर लामिछानेले यो पटकको भ्रमण राजनीतिक नभएर व्यक्तिगत धार्मिक यात्राको ... ...

क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
बागलुङ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्। शुक्रबार पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी... ...


