Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएल: दक्षिण अफ्रिका डेविड मिलर कर्णालीमा आबद्ध

एनपिएल: दक्षिण अफ्रिका डेविड मिलर कर्णालीमा आबद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल: दक्षिण अफ्रिका डेविड मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले आज उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा उनले दुई हजार ८०४ रन बनाएका छन् । यस प्रारूपमा उनको ब्याटिङ औसत ३३.७८ र स्ट्राइक रेट १४१.४० रहेको छ । मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलिसकेका मिलरले विश्वका अन्य टी–२० लिगको अनुभव पनि बटुलिसकेका छन् । सन् २०२४ को पुरुष टी–२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका सदस्यसमेत रहेका उनले महत्त्वपूर्ण खेलमा आफ्नो अनुभव र क्षमता प्रदर्शन गरेका थिए । मिलरले हालसम्म १८० एकदिवसीय र १४० टी–२० अन्तरराष्ट्रिय खेले खेलेका छन् । उनले विभिन्न १३ वटा व्यावसायिक लिग खेलिसकेका छन् । कर्णाली याक्सले यस शृंखलाका लागि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि आयोजना हुँदैछ । The post एनपिएल: दक्षिण अफ्रिका डेविड मिलर कर्णालीमा आबद्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

अमिभता बच्चनको बंगला बमले उडाइदिने धम्की
ताजा खबरJust now

अमिभता बच्चनको बंगला बमले उडाइदिने धम्की

बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ।  जसमा अमिताभ बच्चनको बंगला 'जलसा'मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ।  इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना बनाइन... ...

नेपालखबर
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
ताजा खबरJust now

पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले एक महिनामा ३० उडानमार्फत ६ हजार ३६२ यात्रुलाई सेवा दिएको छ । ...

कान्तिपुर
पीएचपीमा फेरि देखियो सुरक्षा कमजोरी, ह्याकरले सर्भरमा कोड चलाउन सक्ने जोखिम
ताजा खबरJust now

पीएचपीमा फेरि देखियो सुरक्षा कमजोरी, ह्याकरले सर्भरमा कोड चलाउन सक्ने जोखिम

काठमाडौँ। दुई दिनअघि मात्रै गम्भीर सुरक्षा कमजोरी सच्याउन आपत्कालीन अपडेट जारी गरेको पीएचपीले फेरि अर्को सुरक्षा जोखिमबारे चेतावनी दिएको छ। नयाँ कमजोरीका कारण विशेष सेटिङमा सञ्चालन भएका वेब एप्लिकेसनमा ह्याकरले सर्भरमा... ...

रातोपाटी
आपराधिक लाभ र बाल यौन दुरुपयोगको कसुरमा संलग्न ४ जना पक्राउ
ताजा खबरJust now

आपराधिक लाभ र बाल यौन दुरुपयोगको कसुरमा संलग्न ४ जना पक्राउ

जनकपुरधाम – प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौन दुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतोलाई पक्राउ परेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play