जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते

जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् । ज्योति रोकायाका छोरा १४ वर्षीय बल बहादुर रोकाया खुट्टामा चोट लागेको हो । पाइप विस्फोटका कारण बालकको खुट्टामा गम्भीर क्षति पुगेको वडाध्यक्ष रोकायाले जानकारी दिए । उनका अनुसार घटनामा कमल थापा पनि सामान्य घाइते भएका छन् । वडाध्यक्ष रोकायाका अनुसार उक्त पाइपभित्र गोलीका छर्राजस्तो वस्तु भरिएको आशंका गरिएको छ । विगतमा कमल थापाको घरमा माओवादी बसेको भन्ने जानकारीका आधारमा पुरानो विस्फोटक पदार्थ त्यहाँ रहेको हुनसक्ने उनले बताएका छन्। यद्यपि, पाइपभित्र के पदार्थ थियो र विस्फोटको वास्तविक कारण के हो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ । विस्फोटमा गम्भीर घाइते भएका बालक बल रोकायालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने तथा आवश्यक अनुसन्धान गर्ने काममा जुटेको बुझिएको छ । घटनाबारे प्रहरीको आधिकारिक विवरण र घाइतेहरूको थप स्वास्थ्य अवस्थाबारे जानकारी आउन बाँकी छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

हिलोले लतपतिएको आशा : क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित
टिनको छानो भएको कोठाभित्र नाङ्सी तामाङ रातो माटोले भुइँ लिपिरहेकी छन्। माटो सुकेपछि उनी र उनका श्रीमान् सिंहबीर तामाङका लागि बस्न नयाँ घर तयार हुनेछ। गत अगस्ट २६ मा रसुवाको खाल्टेमा रहेको उनीहरूको बस्ती हिउँ, पानी र गेग्रानसहित आएको बाढीले बगाएपछि उनीहरू घरबारविहीन भएका थिए। आफन्तले फोनमार्फत बाढीको चेतावनी दिएपछि उक्त वृद्ध दम्पतीसँग त्यस दिन लगाएका कपडाबाहेक केही पनि बाँकी रहेन। नदी किनारमा ...

गगनलाई प्रश्न : बदलिएको कांग्रेसमा कहाँ छन् मधेसी दलित ?
१५औँ महाधिवेशनपछि कांग्रेसमा पुस्तान्तरणसहित ‘गगन युग’ सुरु भएको दाबी गरिएको छ। तर, नेतृत्वको अनुहार फेरिनु मात्रै पार्टी बदलिनुको प्रमाण होइन। परिणाममा सीमान्तकृत समुदाय, त्यसमा पनि विशेषगरी मधेसी दलितको प्रतिनिधित्व निराशाजनक देखिएको छ। के मनोनीत हुने ६६ सदस्यमार्फत यो असन्तुलनलाई सम्बोधन गर्न गगन नेतृत्व तयार छ त ? ...

जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यका लागि सांसद राणाले गरिन् आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले नेपालले भोगिरहेको जलवायु सङ्कट र प्राकृतिक विपद्का असर न्यूनीकरण गर्न थप सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेकी छिन्। नेपाल न्युज बैंकसँग कुरा गर्दै हालै बेलायतको भ्रमण सकेर काठमाडौँ फर्किएकी सांसद राणाले बाढीपहिरोका कारण भएको जनधनको ठूलो क्षति पछि पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाललाई व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्। राणाले हालै लन्डन भ्रमणका क्रममा ...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते
देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् । कात्तिक १ गतेको २४ घण्टाको विवरणअनुसार सवारी दुर्घटनाबाट सातै प्रदेश तथा काठमाडौं उपत्यकामा मानवीय क्षति भएको छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १३ जना, बागमती प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६२ ...


