Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन
Photo / Coverage: केन्द्रबिन्दु

अन्ताल्या । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ । सम्मेलनको अन्तिम दस्तावेजमा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले वार्ता टुङ्गोमा पुग्न सकेन । वार्षिक जलवायु सम्मेलनले जलवायु परिवर्तनविरुद्ध मुलुकहरूले चाल्नुपर्ने कदम समेटिएको ‘कभर डिसिजन’ नामक साझा दस्तावेज जारी गर्ने प्रयास गरेको थियो । तर, टर्कीले प्रस्तुत गरेको मस्यौदामा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता नसमेटिएपछि धेरै देशले त्यसप्रति असन्तुष्टि जनाए । आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ब्रायनले युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तन सामना गर्न आवश्यक कार्य र महत्वाकांक्षा समेट्न नसकेको बताउनुभयो । जीवाश्म इन्धनको उल्लेखबिनाको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उनको भनाइ थियो । पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहोर्‍याउने काम भएको टिप्पणी गरे । कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर रहेको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको उनको भनाइ थियो । उनले यसलाई जलवायु न्यायको विषयसमेत बताए । मार्सल टापुकी जलवायु दूत तथा प्रमुख वार्ताकार क्याथी जेतनिल–किजिनरले विश्वले उत्सर्जन घटाउन, जनताको सुरक्षा गर्न र जलवायु वित्त उपलब्ध गराउन तत्काल कदम चाल्ने अपेक्षा गरेको बताए । जीवाश्म इन्धनको विस्तारलाई प्रोत्साहन गर्ने र गलत समाधान प्रस्तुत गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो । संयुक्त अधिराज्यका प्रमुख जलवायु वार्ताकार केट ह्युजेसले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र कार्यान्वयनको गतिलाई पछाडि धकेल्ने बताए । जलवायु कार्यमा सामूहिक महत्वाकाङ्क्षा बढाउनुपर्ने बेला प्रस्तावले त्यसलाई कमजोर बनाएको उनको टिप्पणी थियो । तर, पलाउका वातावरणमन्त्री स्टिभन भिक्टरले प्रस्तावित दस्तावेजमा केही कमजोरी भए पनि स्वच्छ विद्युतीकरण, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएकाले त्यसलाई समर्थन गरेको बताए । कार्बन कब्जासम्बन्धी प्रावधानमा असहमति भए पनि अन्य विषयलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो । साझा कभर डिसिजन पारित नभए पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने उहाँले उल्लेख गर्नुभयो । कोप–३१ वार्ताका अध्यक्ष तथा अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले साझा दस्तावेजमा सहमति हुन नसकेकोप्रति निराशा व्यक्त गर्नुभयो । केही मुलुकका जीवाश्म इन्धनसम्बन्धी अडान निकै कडा रहेकाले सहमति जुटाउन कठिन भएको उनले बताए । यद्यपि, वास्तविक विश्वमा जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको परिवर्तन अपरिहार्य रहेको र त्यो प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ
Latest NewsJust now

मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकको सम्बन्धमा मात्रै सीमित नरहेको बताएका छन्।  उनले दुवै देशको इतिहास, संस्कृति र परम्परा एकअर्कासँग जोडिएको उल्लेख गर्दै नेपालबिना भारतको धाम पनि अधुरो रहेको बताएका हुन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतका... ...

नेपालखबर
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’
Latest NewsJust now

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्न सरकार तयार रहेको बताएका छन् । उनले […] ...

लोकपथ
नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन
Latest NewsJust now

नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सडक तथा सीमा सम्पर्क सञ्जाललाई थप मजबुत बनाइने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारतको उत्तराखण्ड र नेपाललाई जोड्ने धार्चुलास्थित सडक पुलको उद्घाटन गरिएको जानकारी दिएका छन्।  त्यस्तै, बनबासामा एकीकृ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement