रुकुम पश्चिम।रुकुम पश्चिमको आठबिसकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। सोमबार दिउँसो आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा थापागाउँबाट आउँदै गरेको भे १ च ३११२ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो। दुर्घटनामा स्थानीय १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ६ जना गम्भीर, दुई जना मध्यम र पाँच जना सामान्य घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक आठबिसकोट–४ का २५ वर्षीय प्रदीप विक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जीप दुर्घटनामा दुईको मृत्यु, १३ जना घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






