Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ

जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ

Share:WhatsAppFacebookX (Twitter)Telegram
जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ

अर्बपति मुकेश अम्बानीको २० वर्षयताकै पहिलो आईपीओमा शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको आवेदन परेको छ। यससँगै जियो प्लेटफर्म्स भारतमा सबैभन्दा बढी आवेदन पाउने सेयर निष्कासन बनेको छ। यसले अम्बानीका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्डलाई उछिनेको छ। अम्बानीको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्सको आईपीओलाई कृत्रिम बुद्धिमतासँग सम्बन्धित कम्पनीका सेयरमाथि निगरानी बढिरहेका बेला ठूला कम्पनीको सेयर निष्कासनप्रति लगानीकर्ताको रुचि कस्तो छ भन्ने परीक्षणका रूपमा हेरिएको छ। भारतमा ५० करोडभन्दा बढी प्रयोगकर्तालाई मोबाइल सेवा प्रदान गर्ने जियो प्लेटफर्म्सले हिन्दूहरूको चाडपर्वको समयमा आफ्नो आईपीओ निष्कासन गरेको हो। यो समयलाई शुभ मानिन्छ। आईपीओले जियो प्लेटफर्म्सको मूल्यांकन १०८ अर्ब ३० करोड डलरसम्म पुर्‍याएको छ। बुधबारदेखि सेयर कारोबार सुरु हुँदा यो बजार पुँजीकरणका आधारमा भारतका ठूला कम्पनीमध्ये एक बन्न सक्नेछ। संस्थागत तथा सर्वसाधारण लगानीकर्ता, कर्मचारी र सेयरधनीबाट आएको बलियो मागका कारण आईपीओमा निष्कासनका लागि छुट्याइएको सेयरभन्दा २२ गुणाभन्दा बढी आवेदन परेको छ। यदि अधिकांश आवेदन प्रतिकित्ता १ हजार ११९ भारु (११.७९ डलर) को अधिकतम मूल्यमा परेको हो भने कुल माग ५१ अर्ब ५० करोड डलरभन्दा बढी हुन्छ। रोयटर्सका अनुसार यसमा एंकर लगानीकर्ताहरूको आवेदन समावेश छैन। अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी, ब्ल्याक रक र फिडेलिटीसहितका एंकर लगानीकर्ताले आफूहरूका लागि छुट्याइएको ८५ करोड ४० लाख डलर बराबरको सेयरका लागि कुल २५ अर्ब ६० करोड डलरको आवेदन दिएका थिए। जियो प्लेटफर्म्सको आईपीओमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेको रिलायन्सका एक अधिकारीले रोयटर्सलाई बताएका छन्। यो भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन हो। चीनको ठूलो मेमोरी चिप निर्माता कम्पनी सीएक्सएमटीले यस वर्ष एसियाकै सबैभन्दा ठूलो ८ अर्ब ६० करोड डलरको आईपीओ ल्याउँदा करिब ९४ लाख खाताबाट आवेदन परेको थियो। वेल्थमिल्स सेक्युरिटिजका सेयर बजार रणनीतिकार क्रान्ति बाथिनीले भने, “लामो समयपछि रिलायन्सको आईपीओ आएको छ। यसले सेयरप्रति ठूलो उत्साह र आकर्षण सिर्जना गरेको छ।” अम्बानीका जेठा छोरा आकाश अम्बानीको नेतृत्वमा रहेको जियो प्लेटफर्म्सका लामो समयदेखिका लगानीकर्तामा मेटा प्लेटफर्म्स र अल्फाबेटको गुगल पनि छन्। बुधबार खुलेको आईपीओमा दुई घण्टाभित्रै निष्कासनका लागि छुट्याइएको सम्पूर्ण सेयरका लागि आवेदन परेको थियो। भारतका अधिकांश आईपीओमा आवेदन क्रमशः बढ्ने र संस्थागत लगानीकर्ताले अन्तिम घण्टासम्म पर्खेर आवेदन दिने प्रचलन रहेकामा जियोको आईपीओमा भने सुरुदेखि नै उच्च माग देखिएको हो। जियो प्लेटफर्म्स रिलायन्स इन्डस्ट्रिजको हिस्सा हो। भारतीय लगानीकर्ताले रिलायन्सलाई दीर्घकालीन रूपमा सम्पत्ति बढाउने कम्पनीका रूपमा हेर्ने गरेका छन्। एलएसईजीको तथ्यांकअनुसार सन् २००६ यता कम्पनीको सेयर मूल्य करिब ९०० प्रतिशत बढेको छ। यस अवधिमा भारतको प्रमुख सेयर बजार सूचक निफ्टी ६८५ प्रतिशत बढेको थियो। जियो प्लेटफर्म्सको दूरसञ्चार व्यवसाय सन् २०१६ मा सुरु भएको थियो। निःशुल्क भ्वाइस कल र डाटा सेवा दिएर बजारमा प्रवेश गरेको जियोले भारती एयरटेल र भोडाफोन आइडियाजस्ता प्रतिस्पर्धीलाई चुनौती दिएको थियो। एउटै देशमा ग्राहक संख्याका आधारमा जियो अहिले चाइना मोबाइलपछि विश्वकै दोस्रो ठूलो दूरसञ्चार कम्पनी बनेको छ। शुक्रबार कारोबार बन्द हुँदासम्म आईपीओमा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरमा ७०.५५ गुणा आवेदन परेको थियो। सर्वसाधारणका लागि छुट्याइएको सेयरमा २.७ गुणा आवेदन परेको थियो। त्यस्तै, कर्मचारी र रिलायन्सका विद्यमान सेयरधनीबाट क्रमशः २.९३ गुणा र ७.६ गुणा आवेदन परेको तथ्यांकले देखाएको छ। रिलायन्सको स्थापना आकाश अम्बानीका हजुरबुबा धिरुभाई अम्बानीले गरेका थिए। उनले सन् १९८० को दशकमा मुम्बईमा ठूलो संख्यामा सेयरधनी भेला गरेर सर्वसाधारण लगानीकर्ताको ठूलो आधार तयार पारेका थिए। रिलायन्सको वेबसाइटका अनुसार सन् १९७७ मा कम्पनीको सेयर निष्कासनले भारतमा लगानी गर्ने प्रचलनलाई लोकप्रिय बनाउन र सेयर बजारप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। The post जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

‘Call of Duty’ North Korea invasion edition tops sales charts in South
प्रविधिJust now

‘Call of Duty’ North Korea invasion edition tops sales charts in South

The latest instalment of the “Call of Duty” video game franchise, featuring a full-scale North Korean invasion of South Korea, has topped sales charts in the would-be target, even as real-life border tensions are ratcheting higher. “Call of Duty: Modern Warfare 4”, the latest edition of the globally popular franchise is set against a backdrop of tensions between the United States ...

टेक्नोलोजी खबर
एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा
प्रविधिJust now

एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा

काठमाडौं । प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुन: सञ्चालनमा आएका छन् । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा सुधार र प्राविधिक परीक्षण पूरा भएपछि आइतबार साँझदेखि अधिकांश सेवा सञ्चालनमा ल्याइएको हो ।केन्द्रले प्रणालीमा देखिएको ‘PHP2Shell’ सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा प्याच लागू ...

आइसिटी समाचार
आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने
प्रविधिJust now

आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी आउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्। आउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play