Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी आउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्। आउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित चुनावी सभामा ट्रम्पले शनिबार जर्जिया राज्यमा अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभयो। उहाँले जर्जियाको मेकोन सहरनजिकै आउडीले चार दशमलव दुई अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्को महिनादेखि कारखाना निर्माण सुरु हुने र त्यहाँबाट वार्षिक दुई लाख कार उत्पादन हुने बताउनुभयो। यद्यपि, फोक्सवागन समूहको एक हिस्सा रहेको आउडीले जारी गरेको विज्ञप्तिअनुसार कारखानाको निर्माण आगामी वर्ष सुरु हुनेछ भने उत्पादन सन् २०३० को दशकको सुरुतिर थालिनेछ। कम्पनीले यो लगानीले अमेरिकासँगको दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ। साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। जर्मन अटो उद्योगको प्रमुख कम्पनी फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा अस्थिर मागलगायत चुनौतीको सामना गरिरहेको छ। फोक्सवागन समूहअन्तर्गतका १० ब्रान्डमा, विशेषगरी फोक्सवागन, आउडी र पोर्शमा, करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ। लागत घटाउन विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ।-रासस The post आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ
प्रविधिJust now

जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ

अर्बपति मुकेश अम्बानीको २० वर्षयताकै पहिलो आईपीओमा शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको आवेदन परेको छ। यससँगै जियो प्लेटफर्म्स भारतमा सबैभन्दा बढी आवेदन पाउने सेयर निष्कासन बनेको छ। यसले अम्बानीका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्डलाई उछिनेको छ। अम्बानीको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्सको आईपीओलाई कृत्रिम बुद्धिमतासँग सम्बन्धित कम्पनीका सेयरमाथि निगरानी बढिरहेका बेला ठूला कम्पनीको सेयर ...

टेक्नोलोजी खबर
गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने
प्रविधिJust now

गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने

काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले जीमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा अन्य गुगल सेवासँग सेयर गर्न अनुमति दिएमा उक्त डेटा व्यक्तिगत रुचिअनुसारका विज्ञापन देखाउनसमेत प्रयोग हुन सक्नेछ ।प्रविधिसम्बन्धी वेबसाइट एन्ड्रोइड अथोरिटीको रिपोर्टअनुसार गुगलले अक्टोबर १६ मा आफ्नो नीतिमा यो परिवर्तन गरेको हो । यसअघि कम्पनीको नीतिमा यी सेवाबाट प्राप्त डेटा व्यक्तिगत ...

आइसिटी समाचार
अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर
प्रविधिJust now

अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब च्याटबाटै इन्स्टाग्राम रिल्स छनोट गरेर सेयर गर्न सक्ने सुविधा पाउने भएका छन् । मेटा कम्पनीले एन्ड्रोइड एपमा नयाँ सर्टकटको परीक्षण गरिरहेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले च्याटको अट्याचमेन्ट मेनुबाटै इन्स्टाग्राम रिल्स छानेर साथीभाइ तथा परिवारका सदस्यलाई पठाउन सक्नेछन् ।हाल कुनै रिल्स सेयर गर्न प्रयोगकर्ताले इन्स्टाग्राममा गएर भिडियो खोज्नुपर्ने वा ह्वाट्सएपको मिडिया पिकर प्रयोग गर्नुपर्ने हुन्छ ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play