जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता

काठमाडौं – जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ । होक्काइदोदेखि तोकाई क्षेत्रसम्म शक्तिशाली भूकम्पको धक्का महसुस हुन सक्ने चेतावनी दिइएको थियो । तर, करिब १२ मिनेटपछि उक्त चेतावनी फिर्ता लिइएको छ । जापानको मौसम विज्ञान निकायले भूकम्पको तीव्रता आवश्यकताभन्दा बढी अनुमान गर्दा गलत चेतावनी जारी भएको स्वीकार गर्दै माफी मागेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । जापानको भूकम्प पूर्वचेतावनी प्रणालीले जमिनमा जडित संवेदकबाट प्राप्त प्रारम्भिक तथ्याङ्कका आधारमा भूकम्पको तीव्रता र सम्भावित प्रभावको अनुमान गर्छ । प्रारम्भिक तथ्याङ्क अपूर्ण हुँदा अनुमान गलत हुन सक्ने भए पनि यसपटकको त्रुटिलाई गम्भीर मानिएको छ । अहिलेसम्म ९.९ म्याग्निच्युडको भूकम्प अभिलेख गरिएको छैन । प्रारम्भिक तथ्याङ्क अपूर्ण हुनु, भूकम्प निगरानी केन्द्रबाट टाढा उत्पन्न हुनु वा एकै समयमा आसपासका क्षेत्रमा धेरै भूकम्प आउनुले अनुमानमा असर पार्न सक्छ । तर, यस घटनामा संवेदक वा सफ्टवेयरमा समस्या आएको पुष्टि भएको छैन ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट, एमबीबीएसतर्फ कुन कलेजले कति पाए?
सरकारले चिकित्सा शिक्षातर्फ ४१८ सिट बढाएको छ। चिकित्सा शिक्षा आयोगको आज बसेको २८ बैठकले एमबीबीएसमा ११० सिटसहित ४१८ सिट बढाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षमा बसेको बैठक ८४ वटा शिक्षण संस्थालाई ९ हजार ६९१ सिट निर्धारण गरेको हो। ...

दसैँमा काठमाडौंको फोहोर व्यवस्थापनमा के छ महानगरको तयारी ?
काठमाडौँ, असोज ३० गते । काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । नेपालीहरूको महान् पर्व दसैँको समयमा सफाइ कर्म... ...

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट
• साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ, जहाँ उपभोक्ताले खाद्यवस्तुहरू बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सक्नेछन्। • पसलमा चिनी, नुन, तेल, दाल, चामल लगायतका सामग्री उपलब्ध छन् र सरकारले तोकेको छुटअनुसार चिनी १०० रुपैयाँमा र नुन २४ रुपैयाँमा बिक्री भइरहेको छ। • खाना पकाउने ग्यासको उपलब्धता सुधारिएको छ र उपभोक्ताले अब सिलिन्डर लिएर ग्यास सहज ...

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका विभिन्न १३ वटा निर्णय गरेको छ । शुक्रबार बसेको... ...


