जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने

दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ। जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबीच ठूलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात केही महिनाका लागि मात्र पर्याप्त हुन सक्छ। इट्रियम उपभोक्ता इलेक्ट्रोनिक्स, एलईडी, विमानका इन्जिन, अर्धचालक उत्पादनमा प्रयोग हुने उपकरण तथा विभिन्न औद्योगिक सामग्री निर्माणका लागि महत्वपूर्ण तत्व हो। यसको आपूर्ति प्रभावित हुँदा प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने देखिएको छ। जापानको उद्योग मन्त्रालयका एक अधिकारीले बुधबार एएफपीसँग कुरा गर्दै इट्रियमको निर्यात जापानमा मात्र नभई विश्वव्यापी रूपमै ठप्प भएको बताए। उनका अनुसार, ढुवानीमा ढिलाइ, निर्यातमा कमी र बजारमा उपलब्धता घट्दा यसको मूल्यसमेत अत्यधिक बढेको छ। ‘फाइनान्सियल टाइम्स’को रिपोर्टअनुसार, जापानसँग रहेको इट्रियमको मौज्दात अब केही महिनामै सकिन सक्छ। चिनियाँ भन्सार तथ्याङ्कअनुसार, जापानतर्फ चीनबाट हुने इट्रियम अक्साइडको निर्यात गत सेप्टेम्बरमा चार हजार किलोग्राममा झरेको थियो। अघिल्लो वर्षको सोही महिनामा यस्तो निर्यात ५१ हजार किलोग्राम थियो। अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, विश्वको दुर्लभ माटो उत्खननको करिब दुई तिहाइ र प्रशोधित उत्पादनको ९२ प्रतिशत हिस्सा चीनको नियन्त्रणमा छ। यसले दुर्लभ खनिजको आपूर्तिमा चीनको महत्वपूर्ण भूमिका रहेको देखाउँछ। जापानले इट्रियमलगायत महत्वपूर्ण खनिजको वैकल्पिक आपूर्ति सुनिश्चित गर्न अमेरिका र युरोपेली राष्ट्रहरूसँग सहकार्य गरिरहेको उद्योग मन्त्रालयका अधिकारीले बताएका छन्। यसैबीच, चीन र जापानबीच ताइवानको विषयलाई लिएर तनाव बढिरहेका बेला दुर्लभ खनिजको आपूर्ति थप संवेदनशील बनेको छ। जापानी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेकी सानाए ताकाइचीले यसअघि इट्रियमलाई जापानका लागि महत्वपूर्ण दुर्लभ खनिज बताएकी थिईन्। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार जापानको पुनः सैन्यीकरण र आणविक हतियार प्राप्त गर्ने प्रयासलाई रोक्ने उद्देश्यले कानुन तथा नियमअनुसार निर्यात नियन्त्रण लागू गरिएको बताइन्। ‘फाइनान्सियल टाइम्स’का अनुसार, जापानले अमेरिकी सरकार र उद्योग क्षेत्रसँग चीनको निर्यात नियन्त्रण खुकुलो पार्न पहल गर्न आग्रह गरेको छ। जापानी पार्टपुर्जामा निर्भर अमेरिकी रक्षा आपूर्ति शृङ्खलासहित मोटरगाडी, रक्षा र चिप उद्योगमा सम्भावित अवरोध कम गर्नु यसको उद्देश्य रहेको बताइएको छ। इट्रियमको आपूर्ति सङ्कट लम्बिएमा जापानका प्रविधि तथा औद्योगिक क्षेत्र प्रभावित हुन सक्ने चिन्ता बढेको छ। रासस/एएफपी The post जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति
अमेरिकी दूरसञ्चार कम्पनी एटीएन्डटीले तेस्रो त्रैमासिकमा आम्दानी र नाफा बजारको अनुमानभन्दा बढी भएपछि सन् २०२६ को वार्षिक समायोजित नाफाको प्रक्षेपण बढाएको छ। कम्पनीले इन्टरनेट र मोबाइल सेवा एउटै प्याकेजमा उपलब्ध गराएर ग्राहक टिकाउने र प्रतिस्पर्धी कम्पनीतर्फ जाने क्रम घटाउने रणनीति अघि बढाएको छ। कम्पनीका अनुसार एटीएन्डटीको इन्टरनेट सेवा लिने घरपरिवारमध्ये करिब ४३ प्रतिशतले मोबाइल सेवा पनि लिने गरेका छन्। एउटै कम्पनीबाट दुवै ...

भारतमा स्मार्टफोनको ढुवानी तेस्रो त्रैमासिकमा २६ प्रतिशतले घट्यो, सन् २०१६ यताकै न्यून
ओम्डियाको नयाँ प्रतिवेदनअनुसार, भारतमा सन् २०२६ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) मा स्मार्टफोनको ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले घटेर ३ करोड ५८ लाख थानमा झरेको छ। यससँगै चाडपर्वको मौसम सुरु भए पनि सन् २०२६ को तेस्रो त्रैमासिकमा सन् २०१६ यताकै सबैभन्दा कम स्मार्टफोन ढुवानी भएको छ। यसको मुख्य कारण स्मार्टफोनको बढ्दो मूल्य र उपभोक्ताले खर्च गर्दा अपनाएको सावधानी ...

PHP का गम्भीर सुरक्षा कमजोरी सार्वजनिक, नेपालसहित विश्वभरका सरकारी वेबसाइट प्रभावित
काठमाडौं, कात्तिक ५ । विश्वभर व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट प्रभावित भएका छन्। नेपालका केही सरकारी वेबसाइटसमेत खुल्न नसकेको जनाइएको छ। सुरक्षा कमजोरी सार्वजनिक भएसँगै ह्याकरले त्यसको दुरुपयोग गर्न सक्ने जोखिम बढेको छ। त्यसैले वेबसाइट सञ्चालकहरू प्रणाली सुरक्षित बनाउन सक्रिय भएका छन्। नेपालमा सरकारी बिदा परेकाले यस विषयमा ...


