जातीय विविधतामा एकता र परम्परागत संस्कारको निरन्तरता नै नेपालको मूल आत्मा : मुख्यमन्त्री किरण थापा

काठमाडौं, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जातीय विविधतामा एकता र परम्परागत संस्कारको निरन्तरता नै नेपालको मूल आत्मा भएको बताउनुभएको छ। बडादशैँको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री थापाले नेपाली मौलिक रीति, थिति, संस्कार, संस्कृति र परम्पराको जगेर्ना, निरन्तरता तथा पुस्तान्तरण गर्न सबैले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो। उहाँले नेपालको मौलिक पहिचान र सांस्कृतिक विविधतालाई संरक्षण गर्दै परम्परागत संस्कारलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ। ‘रीति, थिति, संस्कार, संस्कृति र परम्पराको जगेर्ना निरन्तरता र पुस्तान्तरण सबैले गर्न जरुरी छ, हाम्रो देशको मुलआत्मा नै जातीय विविधतामा एकता र हाम्रो पारम्परिक संस्कारको निरन्तरता नै हो’, थापाले भन्नुभएकाे छ । मुख्यमन्त्री थापाले बडादशैँको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिनुभएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा
महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ । मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो । ‘पाटन दरबार ...

विजयादशमीकाे टिकाकाे उत्तम साइत बुधबार बिहान १०:२६ बजे
काठमाडौं, कात्तिक ३ । बडादशैँको मुख्य दिन बुधबार विजयादशमी पर्व मनाइँदै छ। साे अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। नवरात्रका नौ दिनसम्म दशैँघर तथा शक्तिपीठमा पूजा–आराधना गरिएकी नवदुर्गाको विधिपूर्वक विसर्जन गरी आज मान्यजनबाट टीका र जमरा थाप्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बुधबार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन र बिहान १० ...

प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर
भक्तपुर, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन ...

द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म
विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको दौड परम्परा नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार दसैँका बेला आयोजना हुने दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने परम्परा थियो । यही ऐतिहासिक प्रसङ्गसँग जोडिएका लमजुङका राजकुमार द्रव्य शाहले पछि गोरखामा छुट्टै राज्य स्थापना गरेका थिए । द्रव्य शाहको यात्रा दौड जितेर राजा बनेको कथामा मात्र सीमित छैन । लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी ...


